काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली र शोक समवेदना व्यक्त गर्न तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलको शोक सन्देश कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। उपराष्ट्रपतिसँग उच्च सरकारी अधिकारीहरूको टोली पनि रहेको छ। उनी असार ३२ गते स्वदेश फर्कने कार्यक्रम छ।






































