काठमाडौं— स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।

मन्त्रालयका अनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको निर्णयअनुसार आवेदन प्रक्रिया अघि बढाइएको हो।

इच्छुक उम्मेदवारले २०८३ साउन ७ गतेभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न सक्नेछन्। आवेदन सम्बन्धी विस्तृत सूचना, दरखास्त फाराम, न्यूनतम योग्यता तथा आवश्यक कागजातको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड को आधिकारिक वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

कार्यकारी निर्देशकको नियुक्ति सिफारिस समितिको छनोट प्रक्रियामार्फत हुने जनाइएको छ। मन्त्रालयले तोकिएको म्यादभित्र योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ।

1_VCb98Omc8v