काठमाडौं ।राष्ट्रियसभाको बैठक अब साउन १५ गते बस्ने भएको छ। बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठकको मिति घोषणा गर्दै सदन स्थगित गरेका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन संसदमा पेश गरिन्।
यसैगरी अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रको विवरण पनि सदनलाई जानकारी गराएका थिए। त्यससँगै राष्ट्रियसभाको बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ।




































