जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मी को संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नभएको ठहर गर्दै कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएको हो।

यसअघि थमन विक हत्या प्रकरण मा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै कोइरीको थुना प्रक्रियामाथि प्रश्न उठेको छ भने अब आदेश कार्यान्वयनपछि उनी कारागारमुक्त हुने बाटो खुलेको छ।