काठमाडौं । रसुवा बाढीको उद्धार र राहतलाई तीव्र बनाउन प्रधानमन्त्री बालेन शाहले सरकारीसँगै निजी कम्पनीका हेलिकप्टरसमेत स्ट्यान्डबाइ राख्न निर्देशन दिएका छन्।

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ भने थप जनशक्ति, एम्बुलेन्स र मेडिकल टोली प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सीडीओहरूलाई निर्देशन दिइएको छ।