रसुवा। रसुवामा बिहान आएको बाढीको कारण त्यहाँ सञ्चालनामा रहेका र निर्माणधिन आयोजनाहरूमा क्षति पुगेको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी हब २३० केभी स्टेशन, त्रिशुली तथा देवघाट जलविद्युत केन्द्रमा क्षति पुगेको छ।
रसुवामा २२.१ मेगावाटको चिलिमे, १११ मेगावाटको रसुवागढी हाइड्रो, ६० मेगावाटको त्रिशुली ए, १२० मेगावाटको रसुवाभोटेकोशी आयोजना छन्।
चिलिमे र रसुवागढी हाइड्रोपार सेयर बजारमा सूचीकृत कम्पनी पनि हुन्।






































