काठमाडौं । रसुवाबाट फैलिएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत बढेपछि सशस्त्र प्रहरीले उद्धार अभियान तीव्र बनाएको छ। प्रभावित नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि विभिन्न जिल्लाबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार नुवाकोट, ककनी, धादिङ, आदमघाट र चितवनबाट उद्धार टोली प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी तथा डुबानमा फसेकाको खोजी गर्दै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

उद्धारका लागि नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट टोली परिचालन गरिएको छ।

बाढीको बहाव तल्लो तटीय क्षेत्रमा फैलिँदै गएकाले सुरक्षाकर्मीलाई उच्च सतर्कतासहित खोज तथा उद्धारमा केन्द्रित गरिएको सशस्त्र प्रहरीले जनाएको छ।