काठमाडौँ । गोसाईंकुण्ड यात्रामा निस्किएको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।
टोली सवार गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए। तर, त्यसपछि टोलीसँग सम्पर्क हुन कठिन भएको आफन्तले बताएका छन्।
टोलीमा रहेका ११ जनाको उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको छ। उद्धारको प्रयास भइरहेको जनाइएको छ।




































