सुर्खेत / कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५ रुक्सा गाउँका ४५ वर्षीय दुर्गबहादुर सहकारी रहेका छन् । उनको बिहीबार बिहान पहिरोमा परी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार सहकारी बिहान घट्टमा पिठो पिसेर घर फर्किने क्रममा नरहरिनाथ गाउँपालिका–५ स्थित कालाखोला नजिकै सडकभन्दा माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोमा परेका थिए । पहिरोमा परी गम्भीर घाइते भएका सहकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव आफन्तले घरमा ल्याइसकेका छन् ।






































