काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ। बाढीपछि बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जिल्लाबाट १७७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।
बाढीको भेलसँगै बगाएका तथा सम्पर्कविहीन भएका व्यक्तिको खोजी अझै जारी छ। नदीको बहाव र भौगोलिक कठिनाइका कारण कतिपय क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा देखिएको छ, जहाँ ६९ जनाको शव फेला परेको छ। त्यसपछि पूर्वी नवलपरासीमा ३२, धादिङमा २७ र गोरखामा २० जनाको मृत्यु भएको विवरण छ।
प्रहरीका अनुसार नुवाकोटमा १२, तनहुँमा ९, पश्चिम नवलपरासीमा ६ र रसुवामा २ जनाको शव फेला परेको छ।विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्धार तथा खोजीमा परिचालन भएका छन्। सुरक्षाकर्मीले नदी तथा आसपासका क्षेत्रमा बेपत्ताको खोजी गर्नुका साथै जोखिममा परेका नागरिकको उद्धार गरिरहेका छन्।
बाढीबाट घाइते भएकाहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।भोटेकोशीको बाढीले मानवीय क्षतिसँगै सडक, पुल, बस्ती, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पु¥याएको छ। बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार अभियान चलिरहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ।






































