काठमाडौँ +नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र–२०८१’ सार्वजनिक गरे । जनवरी ९ तारिख बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री खड्काले यस्तो बताए । उनले पुस १६ गते मङ्गलवार बसेको मन्त्रीपरिषदको बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको कार्ययोजना स्वीकृत गरेको बताए । उनले अब जलविद्युतका ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको बताए । मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुने गरी व
सत्य कुरा गर्दिनाले , कुरा बन्ने छ ,तर मनमा साचेर राखे , दर्द बन्ने छ ,यही दर्द एक दिन विकराल रूप लिएर,मानसिक व्यग्रताको शिकार बन्ने छ ।बादलको बून्द झै घरबाट बाहर निस्क ,पुरानो साथीसंग भेट केही नयाँ साथी बनाउ , ,सबै केही -न-केहीभन्न -सुन्न चाहन्छ ,केही सुनेर-सुनाएर सुमन झै मुस्कुराउ ।एक-अर्कालाई सम्झिदा गन्तब्य सहज हुने छ ,निराशा दूर भाग्ने , आशाको रोशनी देखिने छ ,कहिले -काही -बसेर कुरा साँझा गर्नाले ,एक अर्काको सल्लाहले समस्या दूर हुने छ । मौन अभिशाप बन्न नदेउ , ध्यान दिनु है ,सानोलाई प्यार, ठुल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा मात्रै निर्माण व्यवसायीलाई रू २२ अर्बभन्दा बढी अघिल्लो आवको दायित्व भुक्तानी भइसकेको बताएका छन् ।नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सिर्जित दायित्व भुक्तानी नरोकेको स्पष्ट पार्दै सरकारको सदासयतालाई कमजोरी नठान्नसमेत निर्माण व्यवसायीहरूलाई आग्रह गरे ।‘भुक्तानी योग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरूले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिव
काठमाडौँ । मुलुकको चालु खाता बचतमा रहेको छभने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ ।समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु दुई अर्ब ८७ करोड थियो । यसैगरी, गत मङ्सिर मसान्तसम्ममा रु छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक (इक्विट
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।ग्राहकहरूका लागि थप गुणस्तरीय सेवाका लागि नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।उदघाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तलगायत नामीका ग्राहक, संचारकर्मी एवम शुभेच्छुकहरुको उपस्थिति थियो । सोही अवसरमा नामीले सीमित समयका अफरहरूसहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि घोषणा गरेको छ । नक्सालको
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकारात्मक रहेको बताएका छन् ।शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए । उनले भने, ‘आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ आममान्यता के छ ? मान्यता त्यति राम्रो देखिएको छैन् । यसले आजको अविभारा पूरा गर्ने दायित्व पुरा गर्ने अत्ति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यवसायिकतामा यसले सफलता पा
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।
सिरहा । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए । ‘यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हँुदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा उत्पादन हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ’, उनले भने, ‘व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन ।’क्वार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।ग्राहक पहिचान तथा सम्पुष्टिस
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ ।आज तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात स्थिर रहेका छन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.