काठमाडौं— नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार १७.८० अंकले बढेको नेप्से आज २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा पुगेको छ।नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३२० स्क्रिप्सको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए।मंगलबार ८ अर्ब ५२ मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्क
काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भइरहेको छ । आज चाँदी हिजोको तुलनामा प्रतितोला एक सय १५ रूपियाँ घटेको हो ।
काठमाडौं— सुन आयातमा भारी गिरावट आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष पहिलो चौमासिक (साउन–कात्तिक) सम्म १ लाख ३२ हजार ५ सय ६४ ग्राम (१३२.५६४ किलो) सुन आयात भएको छ ।यसका लागि १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । सुन आयातबाट राज्यले २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठाउन सकेको छ ।उता, गत आव पहिलो चौमासिकमा १ लाख ५ सय ग्राम (१०००.५ किलो) सुन आयात भएको थियो । जसका लागि ८ अर्ब २० करोड ८१ लाख रुपैयाँ विदेशिएको थियो । राज्यले १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।सुनको गहना आयात भने पहिलो चौमासिकमा केही वृद्धि भएको छ । अघिल्लो आव कात्तिकसम्म ११ करोड ३२ लाख रुपैयाँ बरा
झापा— नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ‘, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती स
काठमाडौं— स्थानीय बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ। सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो।बिहीबार एक हजार रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ । प्रि–ओपन सेसनमा समेत झिनो अंकले घटेको नेप्सेमा आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१४ कम्पनी कारोबारमा आउँदा ८४ हजार ८५८ पटक शेयर किनबेच भएको छ । यस्तै २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । १३ वटा
काठमाडौं— नेपालमा सुनको मूल्य लागतार बढिरहेको छ । आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।त्यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
काठमाडौं— चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब नौ अर्ब तीन करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ ।गत असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्र
काठमाडौं— नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन् । फागुन २० यता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ ।यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूची बोर्डले एकैपटक सार्वजनिक गरेको हो ।रमेशकुमार हमालको पदावधि सकिएर बोर्ड अध्यक्षबाट बाहिरिएसँगै आईपीओ निष्कासनको स्वीकृति दिइएको छैन । पहिले नै आवेदन दिएर पर्खाइमा रहेका कम्पनी र पछिबाट अरु कम्पनी थपिएसँगै संख्या बढेको बोर्डका एक अधिकारीले जानकारी दिए ।पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका कम्पनी छन् । यो सेक्टरका मात्रै ३७ कम्पनीले आई
गुल्मी— धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् ।स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने भने अझै सय मुरी उठाउन बाँकी छ । 'हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ', अर्यालले भने । उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.