आर्थिक

    Showing 1,521-1,530 of 3,062 items.
  • ११२ अंकले घट्यो नेप्से, साढे १८ अर्बको सेयर कारोबार

    काठमाडौँ- सेयरबजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको हो। सेयरबजार पछिल्ला दुई कारोबार दिनमा १९१.८४ अंकले घटेको हो। आइतबार ७९.८८ अंकले घटेको थियो। यद्यपि कारोबार रकममा भने धेरै फेरबदल भएको छैन। आइतबार १९ अर्ब ७४ करोडको सेयर किनबेच भएको थियो। सोमबार कारोबार भएन। मंगलबार १८ अर्ब ६४ करोड ९५ लाखको खरिदबिक्री भएको छ।  ४ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्रीमा मंगलबार उक्त कारोबार भएको हो। मंगलबार २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको र एउटाको आइतबारकै मूल्यमा कारोबार भएको छ। आजको कारोबारमा तार

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 399 पटक पढिएको
  • आज सुनको मूल्य स्थिर‚ चाँदी बढ्यो

    काठमाडौं–आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यद्यपि, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 340 पटक पढिएको
  • आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार‚ भारतीय रुपैयाँको खरिद दर प्रति १०० युनिट १६०.०० र बिक्री दर १६०.१५ रहेको छ । खुला बजार विनिमय दरमा अमेरिकी डलरको खरिद दर १३३.९५ र बिक्री दर १३४.५५ रहेको छ भने युरोको खरिद दर १४९.५६ र बिक्री दर १५०.२३ रहेको छ । पाउण्ड स्टर्लिङको खरिद दर १७६.६० र बिक्री दर १७७.३९ रहेको छ । स्विस फ्राङ्कको खरिद दर १५८.१० र बिक्री दर १५८.८१ रहेको छ । अष्ट्रेलियन डलरको खरिद दर ९०.६८ र बिक्री दर ९१.०८ रहेको छ । क्यानाडियन डलरको खरिद दर ९९.१६ र बिक्री दर ९९.६० रहेको छ । सिंगापुर डलरको खरिद दर १०२.७८ र बिक्री

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 266 पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट‚ चाँदी पनि घट्यो

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य १ लाख ५२ हजार ४०० रुपैयाँ थियो । यस्तै‚ चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा आएको छ । आइतबार चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 316 पटक पढिएको
  • नेप्सेमा ७९.८८ अङ्कको गिरावट: अधिकांश समूहको उपसूचक घट्यो

    काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ७९.८८ अङ्कको गिरावट आएको छ, जसले गर्दा परिसूचक २८९४.५७ विन्दुमा झरेको छ । आज तीन सय ३३ कम्पनीका ४ करोड २६ लाखभन्दा बढी कित्ता शेयर दुई लाख १८ हजार पटकभन्दा बढी खरिदबिक्री हुँदा कुल कारोबार रकम रु १९ अर्ब ७४ करोड पुगेको छ । लघुवित्त समूह १.०८ प्रतिशतले बढे पनि अन्य सबै समूहको उपसूचक घटेको छ । लगानी समूहमा सबैभन्दा ठूलो ३.८३ प्रतिशतको गिरावट आएको छ, जबकि बैङ्किङ, वित्त, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत्, बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, र व्यापार समूहमा पनि गिरावट आएको छ । सबैभन्दा धेरै बढ्नेमा विन नेपाल, उपकार, र आत्म

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 434 पटक पढिएको
  • साताको पहिलो दिन सुनको मूल्य वृद्धि, चाँदी पनि महँगियो

    काठमाडौं–साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यमा तीन अंकको वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा रु १,००० ले बढेर रु १,५२,४०० निर्धारण भएको छ । यसअघि शुक्रबार यो मूल्य रु १,५१,४०० मा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु १,८१५ थियो, जुन आजको लागि रु १,८५० निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 305 पटक पढिएको
  • रुपन्देहीमा भन्सार छली ल्याएको चिनी र कपडा बरामद

    भैरहवा- रुपन्देहीको भैरहवा-लुम्बिनी सडक खण्डको रमवापुरबाट भन्सार छली ल्याएको समान बरामद भएको छ । भैरहवा भन्सार कार्यालयले आज भन्सार छली गरिएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यका चिनी, कपडा र एउटा ट्रक नियन्त्रणमा लिएको हो । चिनी लोड गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको ग २ ख १२९० नम्बरको ट्रकलाई भन्सार टोलीले नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । गोप्य सूचनाका आधारमा भन्सार छली गरिएको चिनी नियन्त्रणमा लिन गएका बेलामा दुईवटा मोटरसाइकलबाट भन्सार छली गरिएका कपडा पनि ओसारेको देखेपछि ती पनि नियन्त्रणमा लिएको थियो । ट्रकलाई नियन्त्रणमा लिने

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 147 पटक पढिएको
  • अर्थमन्त्रीको दाबीः नयाँ सरकार बनेको एक महिनामै राजश्व २० प्रतिशतले बढ्यो

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको दाबी गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गठन भएको एक महिना अवधिमै अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको बताए । गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको उनको दाबी छ । ‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 357 पटक पढिएको
  • संसदीय छानविन समितिले आज रवि लामिछानेको वयान लिने

    काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान लिने भएको छ । लामिछानेको वयान अघि पूर्वडीआईजी छविलाल जोशीको वयान लिने तयारी समितिको छ । दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई वयान लिन आज ११ बजे बोलाएको समितिले जनाएको छ ।उनको वयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई वयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 565 पटक पढिएको
  • काम खोज्दै विदेश जाने महिलाको संख्या बढ्यो

    काठमाडौं—  वैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या बर्सेनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या आर्थिक वर्ष २०७९/८० अघिल्लो वर्षको तुलनामा गत आवमा पनि वृद्धि भएको छ । यो सङ्ख्या श्रम स्वीकृति लिएका महिलाको मात्रै हो । श्रम स्वीकृति नलिईकन भारतलाई ट्रान्जिट बनाएर खाडी र मलेसियामा घरेलु काम जानेको सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिन्छ । यति नै महिला त्यहाँ कार्यरत छन् भन्ने तथ्याङ्क भेटिँदैन । सरकारले औपचारिक रूपमा खाडी र मलेसियामा विगत नौ वर्षदेखि घरेलु श्रमिकमा जाने महिलालाई प्र

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 411 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा