आर्थिक

    Showing 1,531-1,540 of 3,062 items.
  • नेपालका १८ स्थानीय तहमा विद्युत् पुग्न बाँकी

    काठमाडौं— नेपालका १८ स्थानीय तहमा विद्युत सेवा पुग्न बाँकी रहेको छ। ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण र १९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।विद्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 556 पटक पढिएको
  • थप २५१ मेगावाट विद्युत निर्यात गर्न भारतको स्वीकृति

    काठमाडौं । भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत प्रदान गरेको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाबाट उत्पादन हुने थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति नेपालस्थित भारतीय दूतावासले सोमबार जानकारी दिएको छ । जसअनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत विद्युत निर्यात गर्नेछ । यो स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ९४१ मेगावाट पुग्ने दूतावासको भनाइ छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ ग

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 395 पटक पढिएको
  • एकै वर्षमा ५ प्रतिशत मुद्रास्फीति

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले गत आव ०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको जनाएको छ।राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्रै देखिएको उल्लेख छ। राष्ट्र बैंकका अनुसार गत आवमा आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष (आव ०७९/८०) आयात १६ दशमलव १ प्रतिशतले र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको थियो।गत आवमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष श

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 431 पटक पढिएको
  • नेप्से परिसूचक ३४ अङ्कले ओरालो

    काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ। नेप्सेका अनुसार आज कुल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ।कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ। राष्ट्रिय बीमा कम्पन, लाइफ इ

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 518 पटक पढिएको
  • २० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

    काठमाडौं । नेपाल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको जनाएको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले बढी हो । २०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैंयाँ संन्चिति छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रहेका छन् । आर्थिक वर्ष २०८०/८१ को आयात आधार मान्दा बैंकिङ क्षेत्रस

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 211 पटक पढिएको
  • चितवनमा फेरि देखियो लम्पीस्किन

    चितवन – ६ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।पशु सेवा कार्यालय र स्थानीय पालिकाहरूको सहकार्यमा लम्पी स्किनविरुद्ध खोप लगाइएको हो । सेवा कार्यालयका अधिकृत भीम भट्टले भरतपुर महानगरपालिकाका दुई हजार आठ सय गाईभैँसीमा लम्पी स्किनविरुद्ध खोप लगाइएको बताए ।खैरहनी नगरपालिकामा दुई हजार, राप्ती नगरपालिकामा एक हजार नौ सय ३६, रत्ननगर नगरपालिकामा एक हजार पाँच सयवटा गाईभैँसीमा खोप लगाइएको छ ।साउन २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको खोप अभियानमा माडी नगरपालिकाका एक हजार द

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 329 पटक पढिएको
  • टेलिकमको वार्षिक आम्दानी २ अर्ब ८० करोड रुपैयाँले घट्यो

    काठमाडौं— नेपाल टेलिकमको नाफा घटेको छ। कूल आयमा कमी आएसँगसँगै खुद मुनाफामा पनि कमी आएको हो।सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ।नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 510 पटक पढिएको
  • राष्ट्र बैंकले तोकेको आजको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा अरू धेरै विदेशी मुद्राको मूल्य घटबढ भएको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।त्यसअघि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैया

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 400 पटक पढिएको
  • तेस्रो मुलुकका पर्यटकलाई भारततर्फका सबै नाका खुला

    काठमाडौं— तेस्रो मुलुकका पर्यटकलाई भारततर्फका सबै नाका खुला गरिएको छ । कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ ।अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताए । महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरह

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 385 पटक पढिएको
  • बढेको बढ्यै सुन

    काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो । सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ 

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 307 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा