आर्थिक

    Showing 1,591-1,600 of 3,070 items.
  • घट्यो कुखुराको मासुको भाउ

    काठमाडौँ- साउन लागेयता पहिलो पटक कुखुराको मासुको भाउ घटेको छ। आज (सोमबार)बाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ।कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघका उपाध्यक्ष श्रीय ढकालले जानकारी दिए। 'साउनमा धेरै जसोले मासु खाँदैनन्। बिहेको लगन पनि नभएकाले पार्टी प्यालेसमा पनि खपत छैन,' उनले भने, 'त्यसैले उत्पादन बढी भएर मूल्य घटाइएको हो।' अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ। मूल्य घटेसँगै ज्य

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 374 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, चाँदीमा गिरावट

    काठमाडौं–साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सयमा कारोबार हुँदैछ । चाँदीको मूल्य भने प्रतितोला रु २० ले घटेको छ । हिजो प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आज रु एक हजार सात सय ९० पुगेको छ । 

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 380 पटक पढिएको
  • आज सुनको मूल्य घट्यो

    काठमाडौं – साताको पहिलो दिन सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेर आज रु एक हजार आठ सय १० निर्धारण भएको छ । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 234 पटक पढिएको
  • डलरको मूल्यमा नयाँ रेकर्ड कायम, कति पुग्यो ?

    काठमाडौं –निरन्तर उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विक्रिदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।  भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली र भारतीय मुद्राबिचको विनिमय दर भने स्थिर रहेको छ । नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्छ ।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 313 पटक पढिएको
  • घिसिङको अडानले प्रधानमन्त्रीको निर्देशनपछि पनि जोडिएन ६ उद्योगमा काटिएको विद्युत लाइन

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न निर्देशन दिए पनि विद्युत प्राधिकरणले लिखित निर्देशन आउनुपर्ने भन्दै अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले हिजो ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बोर्डको बैठकले निर्णय गरेर मात्रै लाइन जोड्ने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले शुक्रबा बोर्ड बैठक बसेर काटिएका उद्योगमा ल

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 563 पटक पढिएको
  • अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं— अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको थियो। खरिद दर १३३ रुपैयाँ ५५ पैसा थियो, जुन अहिलेसम्मकै उच्च हो ।डलरको मूल्यमा नयाँ रेकर्ड बन्दा नेपाली मुद्राको अवमूल्यन भएको छ। भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा ओर्लेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ।डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्छ तर आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजलाई असर गर्ने बताइन्छ।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 300 पटक पढिएको
  • बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारी अभाव

    काठमाडौं— लगातारको वर्षापछि देशभकार विभिन्न सडकखण्ड अवरुद्ध हुँदा आवातजावतसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । लामो समय राख्न मिल्ने सामानको व्यवस्थापन भए पनि तरकारीको भने अभाव चुलिएको छ । काठमाडौं उपत्यकामा उत्पादित तरकारीले बजारको माग धान्न नसकेपछि काठमाडौंमा तरकारीको अभाव बढ्न थालेको छ । सँगै भएका तरकारीको मूल्य पनि आकासिएको छ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान नपाएका हुन् । बुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बज

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 232 पटक पढिएको
  • सुन किन्नेभन्दा बेच्ने धेरै

    काठमाडौं— बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन्। महासङ्घका महासचिव डम्बरसुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताए । वज्राचार्यले भने, 'कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको क्रयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ।' बजारमा सुनको माग नहुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उनको भनाइ छ। वाणिज्य बैङ्कहरूले सुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन्। नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आ

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 181 पटक पढिएको
  • सुनको मूल्य तोला कै डेढ लाख पुग्यो

    काठमाडौं— सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ। केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो। यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो। मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ४७१ डलर पुगेको छ। अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ। ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 286 पटक पढिएको
  • पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो।त्यस्तै, सो अवधिमा वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रासिभ फाइनान्सलाई पनि कारबाही गरेको छ। कर्णाली डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद मौज्दात तोकिएको जति नभएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई निरन्तर सुधार गर्न गरिएको गत माघ २१ गतेक

    • प्रकाशित मितिः साउन २, २०८१
    • 254 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा