काठमाडौं— नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो ।
उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने कामको लागि करिब २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात् अमेरिकी डलर १६.९८५ मिलियन खर्च हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस ठेक्कामा नोटको डिजाइन, प्रिन्टिङ, आपूर्ति र डेलिभरीको पूर्णसेवा समावेश छ । उक्त कम्पनीले विगत केही वर्षदेखि नेपालमा नोट छाप्ने ठेक्काहरू लगातार पाउँदै आएको छ । यस कदमले नेपालमा नयाँ नोटको आपूर्ति सुनिश्चित गर्ने र मुद्रा परिसंचरणमा सहजता ल्याउने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ ।
ठेक्काको लागत र प्रक्रिया सार्वजनिक भएकाले पारदर्शिता र व्यय‑प्रभावकारितामा जनचासो बढ्ने अपेक्षा गरिएको छ । यसैबीच, नोट छाप्ने ठेक्का विदेशी कम्पनीलाई दिइएकोले आन्तरिक प्रिन्टिङ क्षमता विकास र स्थानीय उद्योगको सहभागिता विषयमा समेत प्रश्नहरु उठेका छन् ।






































