आर्थिक

    Showing 2,671-2,680 of 4,499 items.
  • विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव

    झापा । जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवद्र्धन गरिने महोत्सवमा एक सय ५०सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए ।यही माघ ८ देखि १९ गतेसम्म विर्तामोडकोे वडा नं ५ मा महोत्सव सञ्चालन हुने भएको छ । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 456 पटक पढिएको
  • अलैँची बिक्रीबाट २२ करोड आम्दानी

    लमजुङ । यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 363 पटक पढिएको
  • सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

    धरान (सुनसरी) । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हँुदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको भनाइ छ ।उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् । धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताए । यस वर्ष सुन्तल

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 327 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ ।  युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 256 पटक पढिएको
  • स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह

    काठमाडौँ । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासङ्घले आग्रह गरेको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उ

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 210 पटक पढिएको
  • चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन

    चितवन । यहाँस्थित भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिइ सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या ४४ हजार आठ सय ८१ पुगेको छ । गत असार २५ गतेदेखि सर्वसाधारणका  लागि खुल्ला गरिएको दियालो बङ्गला गत पुस मसान्तसम्ममा एक सय ३८ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् ।भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा खुल्ला गरिएको बङ्गला अवलोकन गर्न आएकाहरूबाट रु ३८ लाख ३७ हजार नौ सय ५० राजस्व सङ्कलन भएको महानगरपालिकाको पर्यटन शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए । सर्वसाधारणलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यसैगरी

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 218 पटक पढिएको
  • होटल बराही काठमाडौँलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र

    काठमाडौँ । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले होटल बाराही काठमाडौँलाई ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र प्रदान गरेको छ । पर्यावरणीय सन्तुलन कायम गर्दै दिगो विकासमा असल अभ्यास तथा सामाजिक पक्षलाई प्रभावकारी रुपमा समावेश गरेको उल्लेख गर्दै बाराही काठमाडौँलाई उक्त प्रमाणपत्र उपलब्ध गराइएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । विभिन्न मापदण्डमा आधारित भई गरिएको मूल्याङ्कपछि होटलले उक्त प्रमाणपत्र प्राप्त गरेको बाराही होटलका महाप्रबन्धक रोशन सापकोटाले बताए । उनका अनुसार टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा हो

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 367 पटक पढिएको
  • २६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार छ सय अङ्कभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय एक दशमलव २१ अङ्कमा पुगेको हो । आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा रु छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ ।आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय स

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 301 पटक पढिएको
  • वैदेशिक रोजगारीः व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ । विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुस

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 375 पटक पढिएको
  • सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

    बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए ।भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, ‘नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।’सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, ‘दैनिक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 237 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.