आर्थिक

    Showing 2,751-2,760 of 3,107 items.
  • वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ नापतौल विभागद्धारा जथाभावी खर्च

    काठमाडौँ / नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृति नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ  । विगत सात/आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडाशैनीले २०७४ सालदेखि ओजोनतर्फ तलब,

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 130 पटक पढिएको
  • मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

    मानुषी / लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो  ।कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो ।गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने तीन जनाले ११ कित्ता शेयर पाएका बिक्री प्रबन्धक न

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 107 पटक पढिएको
  • कम बेरुजु गर्ने १० पालिकामध्ये झापाका दुई

     झापा / आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ । प्रतिवेदनमा शिवसताक्षीको गत आर्थिक वर्ष ०७७/०७८ मा रु एक अर्ब ९० करोड ५३ लाख ६८ हजारको लेखा परीक्षण गरिएको थियो । यसमध्ये ०.०६ प्रतिशत बेरुजु अर्थात ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको हो ।नगरपालिकाको लेखा शाखामा चालु आवमा निर्माण सम्पन्न भएका योजनाका ठेकेदार र निर्माण उपभोक्ता समितिका पदाधिकारले आवश्यक कागजात समयमै नल्याए

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 120 पटक पढिएको
  • सरकारी कोषमा वैध्यको रजाँई : भ्रमण वर्षका नाममा ३० करोड स्वाहा

    बिर्तामोड / सरकारी कार्यालय र निकायको हिसाब–किताब रेखदेख र परिक्षण गर्ने जिम्मेवारी बोकेको महालेखा परीक्षकको कार्यालयले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका भ्रष्टाचार र बेथितिका विषयलाई सतहमा ल्याइदिएको छ ।भ्रष्टाचार र बेथितिका विषयमा सरकारमा रहँदा चर्का कुरा गर्ने ओली नेतृत्वकै पालमा बेथिति र भ्रष्टाचार झन मौलाएको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । महालेखाको प्रतिवेदनमा मन्त्रालय , विभाग र ओली समुह निकट रहेका कार्यालय अनि समितिमा भएका बेथिति र भ्रष्टाचारका दर्जनौँ विषय यतिबेला सार्वजनिक भएका छन् ।ओली निकट मानिएका देशकै ठूला उद्योगी समेत रहेका वैध्य अर्गनाईजेसनका स

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 166 पटक पढिएको
  • हिमालयन बैंकको अध्यक्ष सरकारद्वारा बर्खास्त

    बिर्तामोड / सरकारले हिमालयन बैंक सञ्चालक समितिका अध्यक्ष तुलसी गौतमलाई बर्खास्त गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो । २०७६ साल जेठमा कानून विपरित गौतम कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासक बनेका थिए ।  सञ्चय कोषका तर्फबाट गौतम बैंक सञ्चालक समितिको सदस्य हुँदै अध्यक्ष बनेका थिए । सरकारले सञ्चय कोषबाट बर्खास्त गरेसँगै उनको सञ्चालक समिति अध्यक्षको पद समेत खुस्किएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमलाई सञ्चय कोषको प्रमुख प्रशासक बन्न अयोग्य भएता पनि कानून विपरित नियुक्त गरेका थ

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 232 पटक पढिएको
  • ग्राहकबाट ठग्यो एनसेलले एक अर्ब ११ करोड रुपैयाँ

    बिर्तामोड / दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक निजी कम्पनी एनसेललाई ग्राहकबाट ठगी गरेर लिएको एक अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । प्रयोगकर्ताको अनुमति बिना नै सेवा दिएर एक अर्ब ११ करोड ठगी गरेको भन्दै प्राधिकरणले एनसेललाई सो रकम फिर्ता गर्न निर्देशन दिएको हो । प्रधिकरणका अनुसार एनसेलले  ‘गेमलफ्ट र ‘हुवावे एप ग्यालरी’ नामको भ्यास सेवाबाट  ‘थ्री डे रिन्युअल र विक्ली रिन्युअल’ का प्याकहरुमा २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुनेगरि कर बाहेक ११ करोड ३७ लाख ४८ हजार नौ स

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 103 पटक पढिएको
  • फेरि बढ्यो खाने तेलको मूल्य, १० महिनामा दोब्बर वृद्धि

    बिर्तामोड / नेपाली बजारमा खाने तेलको मूल्य दश महिनामा दोब्बर वृद्धि भएको छ । २०७७ कात्तिक देखी हाल सम्ममा खाने तेलको मूल्य दोब्बर वृद्धि भएको हो । गत कात्तिक महिनामा भटमासको तेल प्रतिलिटर १४० रुपैयाँ र सूर्यमुखी तेल १६० रुपैयाँ प्रतिलिटरमा बिक्री भएको थियो । तर हालसम्म आइपुग्दा तेलको भाउमा अचाक्ली वृद्धि देखियो ।असार तेस्रो साता नेपाली बजारमा भटमासको तेलको मूल्य प्रतिलिटर २२० देखि २३५ रुपैयाँ पुगेको नेपाल खुद्रा ब्यापार संघको तथ्याङ्कमा उल्लेख छ ।यस्तै १४० रुपैयाँको सूर्यमुखी तेलको मूल्य लिटरमै तीन सय रुपैयाँ पुग्यो । तोरीको तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँ भन्दा बढीले बढेर ३३०

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 111 पटक पढिएको
  • कांग्रेस नेताकै उद्योगमा उत्पादन हुँदै गुणस्तरहीन सिमेन्ट !

    बिर्तामोड / कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको भूगर्भ सिमेन्ट उद्योगले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ । कांग्रेसका प्रभावशाली नेताको समुहको लगानी रहेको उद्योगले पीपीसी सिमेन्ट गुणस्तरहीन उत्पादन गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको हो । कपिलबस्तु कृष्णनगरका रमाकान्त चौधरीले घर निर्माण गर्दा गुणस्तरहीन भएको पाएपछि नेपाल गुणस्तर तथा नापतौल विभागमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा विभागले सिमेन्टको गुणस्तर परीक्षण गर्दा कम्प्रेसिभ स्ट्रेन्थ ३ र ७ दिनको मान क्रमशः ९ एमपिए र १५ एमपीए पाइएको थियो।नेपाल गुणस्तर चिन्ह ३८५ अनुसार १६ एमपिए र

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 158 पटक पढिएको
  • न्यादी हाइड्रोपावरको आइपिओ खुला

    काठमाडौँ  / न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचा

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 194 पटक पढिएको
  • मोबाइल तस्करी प्रकरण : मृत्युका विषयमा छानविन गर्न समिति गठन

    चितवन / नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको केही दिन अघि भएको शंकास्पद मृत्युका विषयमा छानविन गर्न सरकारले समिति गठन गरेको छ ।मोबाइल तस्करी प्रकरणमा नाम जोडिएका वाग्लेको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएपछि गृहमन्त्रालयले छानविन समिति बनाएको हो ।पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज वाग्लेको गत साउन २५ गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।वाग्लेको मृत्यु हुन अघि नवलपरासीबाट लाखौं मूल्यको ठूलो परिमाणमा मोबाइल  बरामद भएको थियो । करछली गरी भित्राइएको म

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 154 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा