बिर्तामोड / तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।आईपीओका लागि भदौ १३ गतेस
काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकैसाथ ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर –१० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर –११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –४ चन्द्रपुरका, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर –६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।
बिर्तामोड / शेयर बजार प्रभावित गरे कम्पनीमाथि कारवाही गर्ने विद्युत नियमन आयोगले चेतावनी दिएको छ । पछिल्लो समय जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का लगानीकर्तामा परेको भन्दै आयोगले शेयर बजार प्रभावित पार्ने काम भएको भेटिए कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ ।पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।उर्जा मन्त्री पम्फा भुसालले विद्य
बिर्तामोड / सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडफाँड भएको छ । शनिबार भएको शेयर निष्कासनमा २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन परेको थियो । त्यसमध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ र अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरू २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड भएको छ । प्रभु क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते सार्वजनिक निष्कासन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामूहिक लगानी क
बिर्तामोड / नेपाल राष्ट्र बैंकले कोरोनाका कारण सङ्कटमा परेको उद्योग व्यवसायको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गर्ने लक्ष्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी गराएका छन् ।कोरोनाका कारण सङ्कटमा परेको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई मौद्रिक नीतिमा प्राथमिकतामा राखिएको छ ।सार्वजनिक यातायातको क्षेत्रलाई सम्बोधन गर्दै मौद्रिक नीति मार्फत मर्मतसम्भारका लागि थप दुई लाखसम्मको ऋण दिने व्यवस्था मिलाइएको छ।मौद्रिक नीति मार्फत वैदेशिक रोजगारमा रहेकाले पठाएको पैसा
बिर्तामोड / नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बैंकको मौद्रिक नीति आज अपरान्ह ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो । बजेट आइसकेपछि साउनको पहिलो साता नै सार्वजनिक हुनुपर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति सरकार परिवर्तनका कारण एक महिना ढीलो सार्वजनिक हुन लागेको हो ।पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गरिने अर्थमन्त्री जनार्दन शर्माले संसद्लाई बताएका छन् ।
बिर्तामोड / केपी शर्मा ओली नेतृत्वको सरकारले सञ्चालनको तयारी गरेको रेल पनि सरकारी कमजोरीका कारण सङ्कटमा परेको छ । ओली प्रधानमन्त्री भएको समयमा देशभित्रै फरकफरक ठाउँमा कहि मोनोरेलमा त कहि मेट्रो रेल सञ्चालनको सपना आम जनतामा बाँडिएको थियो । तर उनकै नेतृत्वमा रहेको सरकारको कमजोरीका कारण सञ्चालनको नजिक रहेको भारतको जयनगर देखि धनुषाको कुर्था सम्मको रेलसेवा समेत सञ्चालन नहुने भएको छ । सरकारले सम्झौता अनुसार भारतलाई पैसा भुक्तानी नगरिदिँदा नेपालले खरिद गरेका रेल सञ्चालनमा समस्या आएको हो । ओली नेतृत्वको सरकारले ०७७ असोज २ गते भारतसँग दुईवटा रेल खरिद गरेको थियो । सरकारले ८४ करोड ६५ लाख रुपैया
काठमाडौँ / ललितपुर महानगरपालिकाले नगरक्षेत्र भित्र कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख २० हजार रुपैयाँ सहयोग गर्ने बताएको छ । यस्तै कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ र संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्
विराटनगर / एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा उनको आर्थिक सल्लाहकार रहेका उद्योगी मोतीलाल दुगड नुनको अवैध कारोबारमा संलग्न रहेको भन्दै कारवाहीको माग गर्दै उनीमाथि उजुरी परेको छ ।पूर्व उद्योग राज्यमन्त्री समेत रहेका दुगडमाथि कारवाहीको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित रुपमा नै उजुरी दिएको हो ।ओलीको संरक्षणमा अवैध रुपमा दुगडको लगानी रहेको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा कारोबार गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।दुगडको कम्पनीले एक सय ग्रामलाई नै उपभोक्ताको
काठमाडौँ / मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ ।आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । एक सय रुपैयाँ अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार वित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट रहेको छ ।तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिए । उनका अनुसार जसमध्ये पाँच हजार ४६९ कित्ता
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.