वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ । उक्त आवमा कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिएका छन
बन्दीपुर / गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो ।गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो । उक्त स
बनियानी / कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड ९९ लाख ५४ हजार ९०० रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिएका छन् ।मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई दुई लाख ५० हजार रुपैयाँ, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई २१ लाख २३ हजार ३०० रुपैयाँ, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई नौ लाख एक हजार १०० रुपैयाँअनुदा
भद्रपुर / झापाको भद्रपुर स्थित ज्ञानेचोकमा रहेको सहारा नेपाल (साकोस)को सेवाकेन्द्रले दिवंगत भएका सदस्यको ऋण मिनाह गरेको छ । साकोसले ३ जना सदस्यको ११ लाख ६८ हजार ऋण मिनाहा गरेको सेवाकेन्द्रका प्रमुख सुदिप खड्काले जानकारी दिएका छन् । भद्रपुर नगरपालिका गौरीशंकर स्थित पूर्णिमा सहारा महिला समूह नं.३४ की दिवंगत सदस्य सीतादेवी दाहालको ८ लाख ६८ हजार रुपिँया ऋण मिनाह गर्दै मृतककी आमा तिलरुपा दाहाललाई आज एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण भएको थियो । दाहालको ३ महिना अगाडी घाँस काट्न जानेक्रममा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उनले ल
बागमती / आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६/७७ मा चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो । कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए । कार्यालयले गत आव २०७७/७८ मा पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी पाँच अर्ब ५२ करोड ८२ लाख ४८ राजस्व सङ्कलन भएको उनले बताए
काँकडभिट्टा / पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताएका छन् । उनले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बङ्गलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बत
दमौली / आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो । आर्थिक वर्ष ०७७/७८ मा कार्यालयले आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिएका छन् । कार्यालयले उक्त आवमा आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । “विषम् परिस्थितिका बाबजुद पनि लक्ष्य नजिक राजस्व सङ्कलन भएको छ”, उनि भन्छन्, “कोरोना कहर र निषेधाज्ञा नभएको भए झन बढी राजस्व सङ्कलन हुन्थ्यो ।” उनका अनुसार निषेधाज्ञाका कारण बढी कर तिर्ने उद्योग
लण्डन / कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासङ्घ यूके शाखाले सङ्कलन गरेको रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही रु २० हजारका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको हो ।‘लेखन वृत्ति’ नाममा पत्रकार महासङ्घ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको बताइएको छ । सोही निर्णयबमोजिम उठेको कुल रु पाँच लाख १६ हजार पत्रकार महासङ्घ केन्द्रिय समितिको बैंक खातामा जिम्मा गरिसकिएको छ ।गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूललाई
काठमाडौँ / नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिएका छन् । उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो । नेपाल राष्ट्र बैंकको र बैंकहरूको सिस्टम चेक
रसुवा / नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि भइरहेको जनाएको हो ।कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार यसरी आयात भएका सवारी साधनमा किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, एम्बुलेन्स पाँच, जिप, कार र भ्यान ५०, सामान बोक्ने ठूलाठूला टिपर १३० र ३० सिट क्षमताको चार वटा विद्युतीय बस रहेका छन् ।व्यापारी तथा व्यावसायिक कम्पनीले झिकाएका ती स
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.