आर्थिक

    Showing 2,831-2,840 of 4,499 items.
  • अण्डाको मूल्यवृद्धिले उपभोक्ता मारमा, किसानलाई राहत

    काठमाडौं– भदौ पहिलो सातादेखि घटेको अण्डाको मूल्य पुनः वृद्धि हुन थालेपछि उपभोक्ताहरू मारमा परेका छन्। उत्पादन घटेर माग बढेसँगै अण्डाको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुमा समेत महँगाइको असर देखिन थालेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार सोमबारदेखि लागू भएको नयाँ दरले चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन मूल्य ५००, मध्यम ४८५, र एक्सएल ५१५ रुपैयाँ निर्धारण गरिएको छ। साउन मसान्तमा यस्तै मूल्य कायम भए पनि भदौको पहिलो साता अण्डाको दर घटेर ठुलो अण्डा ३६०, मध्यम ३००, र एक्सएल ३७५ मा झरेको थियो। पछिल्ला दुई सातामा मूल्य वृद्धि हुँदा दैनिक उपभोग्य खर्चमा समेत भार थपि

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 471 पटक पढिएको
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

    काठमाडौं– आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार मूल्य वृद्धि भइरहँदा आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा, एक लाख ६७ हजार चार सय रूपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यसअघि सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा रहेको थियो। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर दुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 488 पटक पढिएको
  • आज कति छ विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस्

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ रहेको छ। युरोपियन यूरोको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.९३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरिददर १७४.२४ रुपैयाँ र बिक्रीदर १७५.०२ रुपैयाँ तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १५४.७७ रुपैयाँ र बिक्रीदर १५५.४६ रुपैयाँ रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ८८.९९ रुपैयाँ र बिक्रीदर ८९.३९ रुपैयाँ, क्यानेडियन डलरको खरिददर ९६.९२ रुपैयाँ र बिक्रीदर ९७.३५ रुपैयाँ, सिङ्गापुर डलरको खरिददर १०१.६५ रुपैयाँ र बिक्रीदर १०२.११ रुपैयाँ कायम गरिएको छ।जापानी येनको खरिदद

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 375 पटक पढिएको
  • अर्थमन्त्री पौडेलको एमसिसी र आईएमएफ प्रतिनिधिसँग भेटवार्ता

    काठमाडौं–उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी एलिस अलब्राइटबीच परियोजना कार्यान्वयन र अन्तरदेशीय प्रसारण लाइनबारे छलफल भएको छ । नेपाली राजदूतावासका अनुसार, एमसिसी परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे समीक्षा गरिएको थियो ।त्यसैगरी, पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगका विषयमा छलफल भएको र नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बो लीले बताए । भेटमा अर्थसचिव रामप्रसाद घिमिरे, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, र

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 411 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा विनिमय दर निर्धारण

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा छ, भने यूके पाउण्डको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । साथै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा, र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तय गरिएको छ । राष्ट्र बैंकले आवश्यक परेमा यी दरहरू संशोधन गर्न सक्ने जनाएको छ भने वाणिज्य बैंकह

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 511 पटक पढिएको
  • विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिद दर १ सय ३४ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन यूरोको खरिद दर १ सय ४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३३ पैसा छ ।अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ २० पैसा र बिक्री दर ८९ रुपैयाँ ५९ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा कायम भएको छ । भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।बैंकले यो दर आवश्यकतानुसार संशोधन गर्न सकिने जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 420 पटक पढिएको
  • तीन महिनामा पाँच करोडको नुन बिक्री

    काठमाडौं— साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ।कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए।धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ। चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए।कार्यालयले दशै

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 520 पटक पढिएको
  • तस्करीको साढे २३ हजार किलो चिनी बरामद

    काठमाडौं— भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठूलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको चिनी बरामद गरेको हो।अवैध रुपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए।भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अ

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 518 पटक पढिएको
  • दशैंयता लगातार बढिरहेको छ सुन, तोलाकै १ लाख ६५ हजार ६ सय

    काठमाडौं— सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दशैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।दशैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दशैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो । असोज ३० गते १ लाख ६१ हजार ८

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 393 पटक पढिएको
  • दशैंयता लगातार बढिरहेको छ सुन, तोलाकै १ लाख ६५ हजार ६ सय

    काठमाडौं— सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दशैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।दशैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दशैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो । असोज ३० गते १ लाख ६१ हजार ८

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 213 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.