आर्थिक

    Showing 2,841-2,850 of 3,107 items.
  • बढ्यो चिराइतोको मूल्य

    ताप्लेजुङ  / पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ ।उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको थियो । पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन रु २० हजार पुगेको हो ।“एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ”, व्यवसायी सबिन बानियाँले बताएका छन्  । पछिल्लो

    • प्रकाशित मितिः साउन १, २०७८
    • 112 पटक पढिएको
  • नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

    काठमाडौँ / नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्प क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 112 पटक पढिएको
  • आठ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

    काठमाडौँ / विदेश जाने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई सात अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 92 पटक पढिएको
  • ग्यालेक्सी टेलिभिजनका मालिक अवैध कारोबारी !

    बिर्तामोड / चर्चित पत्रकार रवि लामिछाने निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक तथा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी नेटवर्किङ व्यवसायमा संलग्न रहेको सार्वजनिक भएको छ । सर्वसाधारण ठगिएको नेटवर्किङ व्यवसायमा जोशी संलग्न रहेको सार्वजनिक भएको हो । नेपालमा गैरकानुनी मानिने नेटवर्किङ कारोबारमा एनआरएनएका पदाधिकारी तथा राजनीतिक दलका नेताहरू समेत संलग्न रहेको पाइएको छ ।ग्यालेक्सी फोरके टेलिभिजनका संचालक तथा पूर्व डीआईजी जोशी नेचर हर्ब्स इन्टरनेसनल नामक नेटवर्किङ व्यवसाय गर्ने कम्पनीमा उपाध्यक्ष छन् । जोशी

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 661 पटक पढिएको
  • प्रदेश १ को पहिलो ‘कृषि होमस्टे’ गौरादहमा

    झापा / गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातावरण अनुकुल रहेको नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले एक करोड २० लाख रुपैयाँको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोभिड–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिएका छन् । कृ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 122 पटक पढिएको
  • आगामी आर्थिक वर्षमा ९० प्रतिशत कर छुट दिने

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले कोभिड –१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ ।  कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड –१९ को प्रभावलाई मध्यनजर गरेर आव ०७६/०७७ देखिका सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटको व्यवस्था गरिएको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कोभिड –१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष ०७८/०७९ को सम्पत्ति करमा थप ८०  प्रतिशत छुट दिने र, सबै करदाताका लागि २०७८ पुस मसान्तसम्म सम

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 83 पटक पढिएको
  • पुनःनिर्माणमा खटिएका प्राविधिकको खर्च निकासा

    काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ । लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 109 पटक पढिएको
  • अनुदानले उत्साहित व्यावसायिक पशुपालक

    टीकापुर / कैलालीको जानकी गाउँपालिकाका पशुपालक अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् । किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो । गाउँपालिकाको पशुसेवा शाखाले आर्थिक वर्ष २०७७/२०७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो । यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रम समेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ । पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 75 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    बिर्तामोड / मूल्यवृद्धिको विषयलाई लिएर विद्यार्थी संगठन आन्दोलित भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको हो । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।                                                           

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 399 पटक पढिएको
  • सुनको मुल्य बढ्यो

    काठमाडौँ  / बुधबार सुन सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ३०० रूपैयाँले बढेको छ भने चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको मुल्य प्रति तोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । मंगलबार दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मुल्य पनि सामान्य घटेको छ। बुधबारको लागि महासंघले चाँदीको मुल्य प्रति तोला १ हजा

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 74 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा