आर्थिक

    Showing 2,841-2,850 of 4,499 items.
  • सुनको मूल्यमा फेरि कीर्तिमान, तोलाको एक लाख ६५ हजार पुग्यो

    काठमाडौं— सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । शुक्रबार तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै उच्च हो । सुनको भाउ शुक्रबार एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको थियो ।यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ । गहनामा व्यवसायीले ज्याला र जर्

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 371 पटक पढिएको
  • मलेसियाले न्यूनतम तलब बढायो, नेपाली कामदार लाभान्वित

    काठमाडौं— मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । यो घोषणाले मलेसियामा कार्यरत नेपाली लाभान्वित हुने भएका छन् । मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ । मलेसियाले देशगतको आधारमा तलबमा विभेद गर्ने गरेको छैन । यो बढेको तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इव्राहिमले बताए । तर, ५ जनाभन्

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • 265 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

    काठमाडौं— वैदेशिक रोजगारीमा जानेको संख्या ४.८५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो ।वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा कुल एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् ।अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा एक लाख ६२ हजार ६९४ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको  सोही अवधिमा थप सात हजार ८९९

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • 460 पटक पढिएको
  • सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलाको १ लाख ६२ हजार ४ सयमा कारोबार

    काठमाडौं— सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ६२ हजार चार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 424 पटक पढिएको
  • आज पनि दोहोरो अंकले बढ्यो शेयर बजार

    काठमाडौं— शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।आज कारोबार रकम पनि बढेको छ । हिजो तीन अर्ब ६ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 363 पटक पढिएको
  • दशैं बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो

    काठमाडौं— दशैं बिदापछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा झरेको छ ।आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।आज जानकी फाइनान्स र मिथिला लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको बढेको छ । यस्तै मल्टिप्रर्पोज फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।आज तीन सय सात वटा कम्पनीका ६४ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ६

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 356 पटक पढिएको
  • गौतमबुद्ध विमानस्थलबाट फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान भर्ने

    काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले उडान गर्न लागेका हुन् । यी तीनवटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् । सो

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 539 पटक पढिएको
  • दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा

    काठमाडौं— बडादशैंको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन्।यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र अस

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 419 पटक पढिएको
  • दशैंको ६ दिनमा २५ हजार खसीबोका बिके

    काठमाडौं— दशैं नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ। उपत्यकामा दशैंलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो। पशुसेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ। विभागका क्वारेन्टिन महाशाखा प्रमुख डा. राजेश यादवले उपत्यकामा नौ स्थानमा पशुचौपाया र एक स्थानमा माछाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए। बिहीबार परीक्षण भएकोमा छ वटामा स्वास्थ्य समस्या देखिएको बताउँद

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 422 पटक पढिएको
  • आज कति छ विदेशी मुद्राको नेपाली विनिमयदर ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैसा , युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा, क्यानेडियन डल

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.