आर्थिक

    Showing 2,851-2,860 of 3,107 items.
  • कोरोना बढेसँगै गाउँपालिकाको बजेट अधिवेशन स्थगित

    फुङ्लिङ / ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुन नसकेको जनाईएको छ ।स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएपनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ ।कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै बुधबारकालागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिएका छन् ।एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले बोलाइएको गाउँसभा रोक्न

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 108 पटक पढिएको
  • सेयर बजारमा १६ अंकको वृद्धि

    काठमाडौँ / सेयर बजारको परिसूचक नेप्से मंगलबार १६ अंकले बढेको छ। १६.३४ अंकले बढेर परिसूचक २८७१ अंकमा कायम भएको छ। कारोबार रकम भने झण्डै आधा घटेको छ।सोमबार एकै दिन अधिकतम ४५.०६ अंककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंक भएको हो ।  नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ । तथापि, यस दिन यता नेप्से परिसूचक अधिकतम १६.३४ अंकले बढिरहँदा उता सेयर कारोबार भने साढे ५ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ । नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ ह

    • प्रकाशित मितिः असार २९, २०७८
    • 84 पटक पढिएको
  • नेप्से परिसूचक ७३ अंकले बढ्यो

    काठमाडौं / साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ। लगातार घटिरहेको बजारमा आयतबार भने बृद्दी भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ। नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो । ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंकले बढेको छ । कारोबार रकम ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बिमा धेरै दिन कारोबार भएको थियो। नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ । आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र

    • प्रकाशित मितिः असार २७, २०७८
    • 84 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको मूल्य बृदि

    काठमाण्डाै / हप्ताको पहिलो दिन आज सुनको भाउ स्थिर रहेको छ  । सुन आज प्रति तोलामा ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचादी व्यवसायी महासंघले जानकारी दिएको छ।महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, आइतवार चाँदीको मूल्य भने बढको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३१५ रुपैयाँ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीक

    • प्रकाशित मितिः असार २७, २०७८
    • 88 पटक पढिएको
  • ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

    पोखरा /  लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गरेका छन् । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो ।लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको २५ औँ स्थापना दिवस तथा रजत वर्षको शुभारम्भ कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष कर्माचार्यले आफूले ७० वर्ष पार गरेको सन्दर्भमा पुरस्कारको घोषणा गरेका हुन् । यही २०७८ सालदेखि सञ्चालनमा आउने पुरस्कारको राशि

    • प्रकाशित मितिः असार २७, २०७८
    • 105 पटक पढिएको
  • शेयर बिक्रीका लागि सेवोनको अनुमति

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरण अनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् ।बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो । यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ। नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ रु

    • प्रकाशित मितिः असार २६, २०७८
    • 86 पटक पढिएको
  • सहकारीबाट ३२ लाख चोरी

    गोरखा / भीमसेन थापा गाउँपालिका –७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति ३२ लाख रुपैयाँ चोरी भएको छ । मध्यरातमा सहकारी कार्यालयको च्यानल गेट फुटाइ पैसा चोरी भएको हो ।  सहकारी सञ्चालक समितिका सदस्य बुद्धि श्रेष्ठले सहकारीमा कारोबार भएको रकम ५२ लाख रुपैयाँ मध्ये ३२ लाख चोरी भएको बताए ।  उनले भने, “यहाँ दैनिक २० लाख देखि ३० लाख रुपैयाँ कारोबार हुन्छ ।” “शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ”, श्रेष्ठले भने, “लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।” सिसिटिभी फुटेजमा चोरीमा स

    • प्रकाशित मितिः असार २६, २०७८
    • 78 पटक पढिएको
  • बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

    बैतडी / बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ

    • प्रकाशित मितिः असार २६, २०७८
    • 74 पटक पढिएको
  • विश्व बैंकद्धारा नेपाललाई १२ अर्ब ऋण सहयोग

    बिर्तामोड / विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहयोग दिने भएको हो । शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो ।यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुन

    • प्रकाशित मितिः असार २५, २०७८
    • 70 पटक पढिएको
  • आजको सुनको मूल्य प्रतितोला कति छ ?

    बिर्तामोड  / साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला १ हजार ३१० रुपैय

    • प्रकाशित मितिः असार २५, २०७८
    • 636 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा