आर्थिक

    Showing 2,861-2,870 of 3,107 items.
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड  / नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । महासङ्घका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 123 पटक पढिएको
  • रहेनन् झापाका व्यवसायिक धरोहर अग्रवाल

    बिर्तामोड  / झापाका चर्चित व्यवसायी तथा समाजसेवी व्यक्तित्व भद्रपुर ५ निवासी पर्शुराम अग्रवालको निधन भएको छ । उनको उपचारको क्रममा भारतको सिलिगुडीमा हिजो राती ९ वजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई सिलिगुडीवाट आज बिहान भद्रपुर ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ । अग्रवाललाई कोरोना पोजेटिभ भएर केही समयदेखि भारतको सिलिगुडीस्थित महाराजा नर्सिङहोममा  उपचार गरिएको थियो ।  उनका पत्नी, १ छोरा र ४ छोरीहरू रहेका छन । अग्रवालको निधनप्रति इसोल मिडियाले श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना अर्पण गर्दछ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 1,171 पटक पढिएको
  • राजश्व विभागद्वारा तीन खाद्य उद्यमी विरुद्ध मुद्दा

    काठमाडौं / राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व छलेको अभियोगमा तीन जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।     विभागले चितवनको रत्ननगरमा सञ्चालित शिवशक्ति खाद्य उद्योगका सञ्चालक दिनेशकुमार अग्रवाल, सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलिया विरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।  उनीहरूबाट ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो माग गरिएको विभागले जनाएको छ। तीनै जनालाई बिगो, बिगो बराबरको जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरूले वास्तविक खरिदबिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश र आयकर छलेको देखिएको विभागल

    • प्रकाशित मितिः असार २३, २०७८
    • 136 पटक पढिएको
  • आजको डलर मूल्य

    काठमाडौं / नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिद मूल्य १ सय १८.९९ रुपैयाँ र बिक्री मूल्य १ सय १९.५९ रुपैयाँ कायम गरेको छ।त्यसैगरी, एक यूरोको खरिद मूल्य १ सय ४०.८६ रुपैयाँ र बिक्री मूल्य १ सय ४१.५७ रुपैयाँ कायम भएको छ ।राष्ट्र बैंकका अनुसार आज एक पाउण्डको खरिद मूल्य १ सय ६४.७४ रुपैयाँ र बिक्री मूल्य १ सय ६५.५७ रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 142 पटक पढिएको
  • ३ अर्ब ६९ करोडको हवाई पार्टपुर्जा भित्रियो

    काठमाडौं / नेपालमा ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको हवाई पार्टपुर्जा भित्रिएको छ ।चालू आर्थिक वर्ष २०७७ / ७८ को ११ महिनामा साउनदेखि जेठसम्मको अवधिमा बाहिरी मुलुकबाट उक्त मूल्य बराबरको पार्टपुर्जा आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।त्यसैगरी, यस अवधिमा नेपालबाट २५ करोड १४ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। नेपाल हवाई पार्टपुर्जाको व्यापारमा ३ अर्ब ४४ करोड रुपैयाँ घाटा छ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 105 पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    बिर्तामोड / नेपाली बजारमा बुधबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले बढेर ९२ हजार २ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 188 पटक पढिएको
  • जीवन विकास लघुवित्तको आईपीओ बाँडफाट

    काठमाडौं / जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएको यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् ।संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री गरेको थियो । निष्काशन गरेको कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषकालागि छुट्याइएको र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरेको हो ।जीवन विकासको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओका लागि कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्

    • प्रकाशित मितिः असार २३, २०७८
    • 120 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बृद्दि

    बिर्तामोड / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्दि गरेको  छ । निगमले आज रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्यमा बृद्दि गरेको हो । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढेको छ ।  मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने निगमले जनाएको छ । त्यसैगरी, आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर २ रुपैयाँले बढेर ८४  रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धन प्रतिलिटर १९ अमिरिकी डलर बढेर ७ सय ५४ डलर कायम भएको छ ।    &nb

    • प्रकाशित मितिः असार २२, २०७८
    • 110 पटक पढिएको
  • सहारा नेपालद्वारा किसानलाई कृषि उपकरण वितरण

    बिर्तामोड / सहारा नेपाल (साकोस) ज्ञानेचोकले आफ्ना सेयर सदस्यहरूलाई कृषिमा आत्मर्निभर बनाउन कृषि यान्त्रिकरण वितरण गरेको छ । संस्थाले सोमबार एक कार्यक्रमका बिच किसानहरूलाई धान रोप्ने मेसिन तथा अर्गानिक तरकारी खेती गर्ने सदस्यहरूलाई टनेल वितरण गरेको हो । संस्थाको कार्यक्षेत्र भित्रका दुईवटा समुहलाई अनुदानमा धान रोप्ने मेसिन वितरण गरिएको सेवा केन्द्र प्रमुख सुदीप खड्काले जानकारी दिए । सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरूलाई संस्थाको कृषि कार्यक्रम अन्तरगत पहिलो चरणमा भद्रपुर नगरपालिका वडा न तीन स्थीत श्रीजङ्गंघा सहारा महिला समुहकी अध्यक्ष बेनुका लिम्बू र

    • प्रकाशित मितिः असार २२, २०७८
    • 365 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाण्डौ / मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रति तोला ३ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो ।सोमबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ३० रुपैयाँ पुगेको छ ।  त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 107 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा