आर्थिक

    Showing 2,871-2,880 of 3,107 items.
  • १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

    काठमाडौँ/ सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखेको हो ।कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 109 पटक पढिएको
  • नेप्से घट्यो !

    काठमाण्डौ / साताको दोस्रो दिन आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । व्यापार, उत्पादन, म्युचुअलको फन्ड, अन्य र लगानी समूह बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ ।त्यसैगरी, बैंकिङ समूहको ७, विकास बैंक समूहको १ सय २, जलविद्युतको ५३, फाइनान्सको ५७, माइक्रोफाइनान्सको ३४, जीवन बीमा समूहको १ सय ३६ र निर्जीवन बीमा समूहको शेयर एक सय ५६ अङ्कले घटेको छ ।आज दुई सय २४ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ। नेप्सेका अनुसार आज दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्य बढ्ने क

    • प्रकाशित मितिः असार २१, २०७८
    • 137 पटक पढिएको
  • सुनचाँदीको मूल्य आज प्रतितोला कति छ ?

    बिर्तामोड / नेपाली बजारमा साताको दोस्रो दिन आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।महासङ्घका अनुसार  शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    • प्रकाशित मितिः असार २१, २०७८
    • 151 पटक पढिएको
  • डलरको भाउ बढ्यो

    काठमाण्डौ / नेपाल राष्ट्र बैंकका अनुसार डलर भाउ उच्च विन्दुमा पुगेको छ । आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्री दर ११९ रुपैयाँ ८९ पैसा पुगेको छ ।यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ०१ पैसा र विक्री दर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र विक्री दर १२९ रुपैयाँ ३५ पैसा रहेको छ । अष्ट्रेलियन डलर आज एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९८ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ । 

    • प्रकाशित मितिः असार २०, २०७८
    • 134 पटक पढिएको
  • सुनको भाउ बढ्यो

    काठमाण्डौ / आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो।गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, गत शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 104 पटक पढिएको
  • बजेट : टोखामा १ अर्ब ८९ करोडको बजेट पारित, कांग्रेसद्वारा बैठक बहिष्कार

    काठमाडौं / टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/७९ का लागि प्रस्तुत गरेको  रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट शुक्रबारको दोस्रो बैठकमार्फत पास गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाको दोस्रो बैठकमा पेश गरेको उक्त बजेट नगरप्रमुख प्रकाश अधिकारीले पारित गर्न नगरसभा समक्ष पेश गरेका थिए । उक्त बजेट बहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो । टोखाले आव २०७८/७९ को बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाहेक सामाजिक विकास, पर्यटन

    • प्रकाशित मितिः असार १९, २०७८
    • 88 पटक पढिएको
  • प्रदेश –१ मा विदेशबाट फर्केकालाई १ प्रतिशत व्याजमा ऋण

    विराटनगर / प्रदेश एक सरकारले विदेशबाट फर्केका युवालाई १ प्रतिशत व्याजमा तिन वर्षका लागि १० लाख सम्म ऋण उपलब्ध गराउने भएको छ । विदेशबाट फर्केका युवालाई उद्यमी बनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ऋण प्रभावका लागि कृषि विकास बैंकसँग सम्झौता गरेको छ ।बजेट मार्फत प्रदेश सरकारले ल्याएको प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्र्तगत विदेशबाट फर्केका युवालाई १० लाखसम्म ऋण उपलब्ध गराउन बैंकसँग सम्झौता भएको मन्त्रालयले जनाएको छ ।ऋण प्रभावका लागि मन्त्रालयकी सचिव निरू दाहाल पाण्डे र बैंकका प्रदेश निर्देशक बाशु अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।साउन महिनाबाट सुरु हुने कार्यक्र

    • प्रकाशित मितिः असार १८, २०७८
    • 283 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    बिर्तामोड / नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार १८, २०७८
    • 169 पटक पढिएको
  • अवैध रुपमा ल्याएको ७० बोरा चिनीसहित एक पक्राउ

    विराटनगर  / भारतदेखि अवैध रुपमा ल्याएको  चिनीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवीगन्ज गाउँपालिका –२ का  ट्रक चालक २८ वर्षीय राजेश कुमार खत्वी रहेका छन् ।  खत्वीलाई तस्करी भएर आएको ७० बोरा चिनीसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।  विओपी बखरीले विराटनगर –६ ब्रम्हापुरादेखि अवैध चिनीसहित १ ख २१२९ नम्बरको मिनी ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए । प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ

    • प्रकाशित मितिः असार १८, २०७८
    • 222 पटक पढिएको
  • मनकामना स्मार्ट लघुवित्तको आइपिओ खुल्यो

    काठमाडौं / मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन आइपिओ बिक्री खुला गरिएको छ । बिहीबारबाट बिक्री खुला भएको आइपिओ असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । तीन करोड ८९ लाख बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिएका छन् ।प्रतिकित्ता  १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको हो । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट

    • प्रकाशित मितिः असार १७, २०७८
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा