आर्थिक

    Showing 2,871-2,880 of 4,499 items.
  • सुनको मूल्यमा १ सयले गिरावट, चाँदी पनि घट्यो

    काठमाडौं– नेपाली बजारमा आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ६० हजार ६ सय रुपैयाँ थियो, जबकि शुक्रबार भने हालसम्मकै उच्च मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ घटेर १९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 305 पटक पढिएको
  • आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्कको खरिददर १५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायतका मुद्राहरूको विनिमय दर समेत आज निर्

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 312 पटक पढिएको
  • बाढीले निजी क्षेत्रका १८ बढी जलविद्युत आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सानी

    काठमाडौं- दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले हालसम्म इप्पानलाई प्राप्त जानकारी अनुसार १८ वटा भन्दा बढी आयोजनाहरुमा क्षति पुग्दा एक अर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी भएको बताए । उनले विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको बताए । जलविद्युत आयोजनाको पावर हाउस, हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको छ । बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जान

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 467 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

    काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु १,६१,२०० मा कारोबार भएको छापावाला सुन आजका लागि रु १,६०,६०० मा निर्धारण गरिएको छ। साथै, चाँदीको मूल्य पनि तोलामा रु १० ले घटेको छ। शुक्रबार प्रतितोला रु १,९५५ मा कारोबार भएको चाँदी आज रु १,९४५ मा झरेको छ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 387 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा आइतबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा रहेको छ । युरोपियन यूरोको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा तोकिएको छ । अन्य मुद्राहरूमा, अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदद

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 423 पटक पढिएको
  • सुनको मूल्य निरन्तर वृद्धि, नयाँ कीर्तिमान कायम

    काठमाडौं–सुनको मूल्य लगातार उकालो लागेको छ । आज तोलामा रु पाँच सयको वृद्धि हुँदै सुनको मूल्य हालसम्मकै उच्चतम बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभावले स्थानीय बजारमा सुनको मूल्य नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छ भने आजको लागि छापावाला सुनको मूल्य रु एक लाख ६१ हजार दुई सय निर्धारण गरिएको छ ।चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ निर्धारण गरेको छ ।

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 453 पटक पढिएको
  • दसैँका लागि सफा तथा सुकिला नोट आइतवारदेखि पाइने

    काठमाडौं– नेपाल राष्ट्र बैँकले दसैँका अवसरमा असोज १३ आइतवारदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैँकले आज जारी गरेको सूचनाअनुसार, मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग, र विभिन्न प्रदेशस्थित कार्यालयहरूमा—जसमा विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका शाखाहरू समावेश छन्—नोट साट्न सकिनेछ । यस्तै, इजाजतपत्र प्राप्त बैँक र वित्तीय संस्थाका शाखाहरूबाट पनि सुकिला नोट साट्नको व्यवस्था गरिएको जनाएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 494 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा आजका विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५४ पैसा र बिक्री दर १३४ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ९३ पैसा र बिक्री दर १४९ रुपैयाँ ६० पैसा छ ।युके पाउण्ड एकको खरिद दर १७८ रुपैयाँ ६७ पैसा र बिक्री दर १७९ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ५२ पैसा र बिक्री दर १५८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २० पैसा र बिक्री दर ९९ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।कुवेती दिनार एकको खरिद दर ४३७ रुपैयाँ ६२ पैसा र बिक्री दर ४३९ रुपैयाँ ५९ पैसा, बहराइन दिनारको खरिद दर ३५४ र

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 396 पटक पढिएको
  • नेप्से परिसूचक ३२.८१ अङ्कले ओरालो

    काठमाडौं – धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २,४८६.७६ मा पुगेको छ। ठूला कम्पनीहरूको सेन्सेटिभ परिसूचक पनि ५.३४ अङ्कले घटेर ७४७.४५ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने २ उपसमूहको मूल्य बढेको छ। कूल १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरहरू ४ अर्ब ८४ करोड रुपैयाँमा खरिद बिक्री भए। विन नेपाल लघुवित्त, बोटलर्स नेपाल बालाजु, एसबिएल डिवेञ्चर लगायतका शेयरधनीले क्रमशः ९.८५ प्रतिशतदेखि ४ प्रतिशतसम्म नाफा कमाएका छन्। ग्रीन भेञ्चर्स, दोर्दी खोला हाइड्रोपावर, अपि पावर कम्पनी, थ्री स्टार हाइड्रोपावर र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले भ

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 486 पटक पढिएको
  • आज अमेरिकी डलर र पाउण्ड सस्तिए, युरो महँगियो

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोपियन युरोको मूल्य बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर रु १३३.४६ र बिक्रीदर रु १३४.०६ कायम भएको छ, जुन बुधबारको तुलनामा केही घटेको हो  । यसैगरी, युरोको मूल्य आज बढेर खरिददर रु १४९.२७ र बिक्रीदर रु १४९.९४ पुगेको छ ।युके पाउण्ड स्ट्रलिङ पनि आज घटेर खरिददर रु १७८.४३ र बिक्रीदर रु १७९.२३ मा कायम भएको छ ।अन्य मुद्रामा अस्ट्रेलियन डलर, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येन, चिनियाँ युआनलगायतको विनिमय दरमा पनि केही उतारचढाव देखिएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 380 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.