आर्थिक

    Showing 2,881-2,890 of 4,499 items.
  • उतारचढावबीच सेयर बजारमा नेप्से ४९.१८ अंकले बढ्यो

    काठमाडौं—बुधबार सेयर बजारको परिसूचक नेप्से ४९.१८ अंकले वृद्धि हुँदै २५१९ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकम घटेर ४ अर्ब ८१ करोडमा खुम्चिएको छ, जबकी अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएको थियो ।दिनभर बजारमा उतारचढाव भए पनि अन्ततः नेप्सेले पुनः उचाइ लिएको हो। ११:३२ बजे नेप्से २४४४ अंकसम्म घटेको थियो, तर त्यसपछि बजार निरन्तर हरियालीमा रह्यो।म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचकहरु बढेका छन्, बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा लगायतका सूचकहरुमा सकारात्मक सुधार देखिएको छ।२१० कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य १० प्रतिशतले वृ

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 491 पटक पढिएको
  • चीनका उपप्रधानमन्त्रीसँग अर्थमन्त्री पौडेलको भेट

    काठमाडौं–चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका उपप्रधानमन्त्री हि लिफेङबीच महत्वपूर्ण भेटवार्ता गरेका छन् । राजधानी बेइजिङमा भएको सो भेटमा, दुई देशका आर्थिक हित र सहयोगका विषयमा छलफल भएको छ ।चीनका उपप्रधानमन्त्री हि लिफेङले विगतका घोषणाहरू अनुसार सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौँ रेल, टोखा–छहरे सुरुङ मार्ग, र भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवाको विस्तारका लागि सहयोगको अनुरोध गरे ।अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका अनुरोधप्रति चीन सरकार

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 466 पटक पढिएको
  • सुनको भाउ १ लाख ६० हजार नाघ्यो, वृद्धिसँग छैन चाडपर्वसँग सम्बन्ध

    काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले केही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै छ । बुधबार प्रतितोला ७ सय रुपैयाँले वृद्धि हुँदा सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको मूल्यमा वृद्धि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारणलाई जिम्मेवार मानिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाडपर्वसँग यसको कुनै सम्बन्ध छैन । अमेरिकामा घट्दो ब्याजदरले सुनको माग बढाएको छ । युक्रेन र रुसबीचको द्वन्द्व, इरान र इजरायलका बीचको संघर्ष, र विश्वका केन्द्रीय बैंकहरूको सुन भण्डारणमा वृद्धि हुँदा पनि सुनको मूल्य वृद्धि हुँदैछ । 

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 342 पटक पढिएको
  • विनिमय दर : आज युएई दिराम र मलेसियन रिङ्गेटको विनिमय दर घट्यो

    काठमाडौं–आज युएई दिराम र मलेसियन रिङ्गेटको विनिमय दर घटेको छ भने अन्य विदेशी मुद्राको विनिमय दरमा पनि सामान्य परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै मङ्गलबारको तुलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको जानकारी दिएको छ । यस अनुसार युएई दिरामको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा तोकिएको छ भने मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । अन्य प्रमुख मुद्राहरूको विनिमय दरमा अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५८ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भन

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 528 पटक पढिएको
  • आजका लागि नयाँ विनिमय दर सार्वजनिक

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा तथा पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा कायम भएको छ । चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमय दर संशोधन गर्न सकिने जनाएको छ  । 

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 491 पटक पढिएको
  • अब पर्ने पानीले कृषि क्षेत्रमा असर पार्ने

    काठमाडौं— अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 458 पटक पढिएको
  • नेप्सेमा ठूलो गिरावट : वित्त समूहको उपसूचक सबैभन्दा धेरै घट्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ५९.०२ अङ्कको गिरावट आएको छ, जसले बजारलाई २,५२९.३३ अङ्कमा झारिदिएको छ । कुल ३२९ कम्पनीका १.३५ करोड कित्ता शेयर ७७,१५३ पटक कारोबार हुँदा रु ५ अर्ब ६६ करोडको कारोबार भएको छ ।सुरुवाती कारोबारदेखि नै नेप्सेमा दबाब देखिएको थियो, जसले गर्दा सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा बढी ५.५६ प्रतिशतले घटेको छ, जबकि बैंकिङ १.२७, विकास बैंक २.४६, होटल तथा पर्यटन ३.३४, जलविद्युत् २.८९, र लगानी समूह २.७३ प्रतिशतले घटेका छन् ।जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचकमा पनि क्रमशः २.३५, २.६९, १.८१, ०.

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 358 पटक पढिएको
  • सुनको मूल्यमा नयाँ कीर्तिमान : प्रतितोला १,५९,२०० पुग्यो

    काठमाडौं–सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ । आज सुनको मूल्य तोलामा रु ४०० ले वृद्धि हुँदै प्रतितोला रु १५९,२०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार सुनको मूल्य रु १५८,८००मा कारोबार भएको थियो । सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ, जबकि चाँदीको मूल्य स्थिर रहँदै आइतबार प्रतितोला रु १,९२०मा कारोबार भएको छ । चाँदीको मूल्यमा कुनै परिवर्तन छैन र आज पनि सोही मूल्य कायम गरिएको महासंघले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 525 पटक पढिएको
  • सुनले बनायो नयाँ कीर्तिमान

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ ।लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज भएको वृद्धिसँगै हालसम्मकै उच्च स्तरमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा रु १,७००ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १,५७,१००मा कारोबार भएको छापावाला सुन आजका लागि रु १,५८,८०० निर्धारण गरिएको छ ।असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु २,१०० ले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ५ले वृद्धि भएर १,९२० निर्

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 555 पटक पढिएको
  • आज डलरको दरमा गिरावट, कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । डलर गत हप्ताको तुलनामा घटेको छ । गत साता अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा थियो भने विक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा तोकिएको थियो । युरोपियन युरोको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । अन्य मुद्राहरूमा पनि सामान्य गिरावट देखिएको छ । राष्ट्

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 354 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.