आर्थिक

    Showing 2,891-2,900 of 3,107 items.
  • नेप्सेमा १६ अंकको गिरावट

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबारको तुलनामा १६ अंकले घटेपछि नेप्से २ हजार ८ सय ४३ विन्दुमा ओर्लेको छ । बुधबार नेप्से करिब ५१.६५ अंकले घटेको थियो ।आज होटल्स तथा टुरिजम बाहेक उपसमूहको परिसुचक घटेको हो । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज पनि नेप्से १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा थामिएको हो । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ । आज नेप्सेमा जम्मा ७ अर्ब रुपैयाँको कारोबार भएर एक करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ। 

    • प्रकाशित मितिः असार १०, २०७८
    • 112 पटक पढिएको
  • टिप्पणी : प्रसाईका चालक जसले लोपोन्मुख मार्सीलाई निर्यात योग्य बनाइदिए

    बिर्तामोड / केही वर्ष अघि सम्म आम नेपालीलाई थाहा नै नरहेको मार्सी चामल विदेश निर्यात हुन थालेको छ । देशभरका डिपार्टमेन्ट स्टोरमा पाउन थालिएको लोपोन्मुख मार्सी चामल यति बेला जापान सहित विश्वका कयौं मुलुकमा निर्यात हुन थालेको हो ।कर्णाली प्रदेशका हुम्ला र जुम्ला लगायतका पहाडी जिल्लामा उत्पादन हुने मार्सी चामल तिन वर्ष अघि झापाको बिर्तामोड स्थित प्रस्तावित मेडिकल कलेजका संचालक दुर्गा प्रसाईँको भान्सामा पुगेपछि एकाएक चर्चामा आएको थियो ।नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता छलफलमा प्रसाईँको भक्तपुरको ठिमी स्थित निवासमा मार्सी चामलको खाना बनेसँगै मार्सी चामलको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा ब्

    • प्रकाशित मितिः असार १०, २०७८
    • 466 पटक पढिएको
  • विराटनगरको बजेट ४ अर्ब १० करोड

    विराटनगर / प्रदेश एकको राजधानी समेत रहेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी छन् ।बजेटमा पूँजीगत खर्च तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार रुपैयाँ  , प्रशासनिक खर्च तर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ रुपैयाँ र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५

    • प्रकाशित मितिः असार १०, २०७८
    • 157 पटक पढिएको
  • डिजल, पेट्रोल र मट्टितेलको मुल्यमा वृद्धि

    बिर्तामोड / नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मुल्य बुधबार राति १२ बजेबाट बढाएको छ।निगमका अनुसार डिजल, पेट्रोल र मट्टितेल प्रति लिटर २ रूपैयाँले बढाइएको छ।बढेको मुल्य अनुसार पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मुल्य ११० रूपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेशनबाट मुल्य बढेर आएकाले सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • 165 पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : एक नम्बर प्रदेशका स्थानीय निकायमा कति बजेट (सूचि सहित)

    बिर्तामोड / सरकारले रोजगारमा नरहेका नागरिकलाई लक्षित गरेर ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेटमार्फत  १३ अर्ब ४० करोड रुपैयाँ बिनियोजन गरेको छ । रोजगार गुमाएका र बेरोजगार गरी  ३ लाख २५ हजार जनालाई रोजगारी दिन सरकारले बजेट बिनियोजन गरेको हो ।गत वर्ष सर्वाधिक आलोचना भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारलाई न्यनतम एक सय दिन रोजगारी सुनिश्चित गर्न भन्दै सरकारले बजेट बिनियोजन गरेको छ ।स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ, प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारलाई काममा लगा

    • प्रकाशित मितिः असार ९, २०७८
    • 182 पटक पढिएको
  • एक अर्ब भ्रष्टाचार गरेको अभियोगमा ३ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं / आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित तिन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब भन्दा वढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।सरकारले २०७१ सालमा बनाएको कर फर्छ्यौट आयोगमा रहँदा तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्माले कानून विपरीत १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको भन्दै अख्तियारले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो ।अख्तियारले आयोगमा रहँदा कानुन विपरीत कर छुट दिएको भन्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।कर फर्छ्यौट आयोगमा रहेका बेला उनीहरूले कर फर्छ्यौट आयोग ऐन,

    • प्रकाशित मितिः असार ९, २०७८
    • 276 पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो

    काठमाडौं / मंगलबारको तुलनामा बुधबार सुन प्रति तोलामा ३ सय र चाँदी पाँच रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले कमी आएर तोलाको १२ सय ९५ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 193 पटक पढिएको
  • सुनको भाउ बढ्यो

    काठमाडौँ / मंगलबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ ।गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने, आज थप ६०० रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ ।  यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः असार ८, २०७८
    • 138 पटक पढिएको
  • नेप्सेमा गिरावट !

    काठमाडौँ / साताको दोस्रो दिन आज सेयर कारोबार उच्च अंकले घटेको छ। आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा रहेको नेप्से सोमबार ७१ अंकले घटेको छ ।‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ८.३७ अंकले घट्दै ५२०.१८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकमा १३ वटा सूचांक घटेको छ। करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भएका छन् । ती कारोबारबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 232 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा भारी गिरावट, कति छ आजको भाउ ?

    बिर्तामोड / स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । आज आइतबार छापावाला सुनको मूल्य तोलाको ८ सयले घटेको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।तेजाबी सुनको भाउ पनि घटेर ८९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ कायम गरिएको छ । गएको शुक्रबार तोलाको १३ सय ५ रुपैयाँ थियो । 

    • प्रकाशित मितिः असार ६, २०७८
    • 455 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा