आर्थिक

    Showing 2,891-2,900 of 4,499 items.
  • चियाको निर्यात ५२ प्रतिशत र कारोबार ६२ प्रतिशतले बढ्यो

    झापा— मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा रु

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 467 पटक पढिएको
  • सहकारी ठगी प्रकरणको प्रतिवेदन गृहले भोली प्रहरीलाई पठाउने

    काठमाडौं— सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको छ। शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्ध

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 476 पटक पढिएको
  • आज प्रतितोला एक हजार पाँच सयले बढ्यो सुन

    काठमाडौं— केही दिन ओरालो लागेको सुन आज तोलामा एक हजार पाँच सयले बढेको छ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा  एक हजार पाँच सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला  एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।यस्तै, चाँदीको मूल्य आज तोलामा  ३५ रुपैयाँले  वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार ९१५ रुपैयाँ  निर्धारण भएको छ। 

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 313 पटक पढिएको
  • चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल बिक्री गर्ने लक्ष्य

    काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 556 पटक पढिएको
  • सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

    काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर कारोबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छापावाल सुन आज १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 409 पटक पढिएको
  • आजको नयाँ विनिमय दर सार्वजनिक, डलर कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विदेशी विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ तोकिएको छ । युरोपियन यूरोको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ, र युके पाउण्ड स्ट्रलिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ छ । स्वीस फ्रयाङ्कको खरिददर १५८.५१ बिक्रीदर १५९.२२ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ९०.७७ बिक्रीदर ९१.१८ रुपैयाँ, र क्यानेडियन डलरको खरिददर ९८.४२ बिक्रीदर ९८.८६ रुपैयाँ तोकिएको छ । क्रमश जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल खरिददर र बिक्रीदर (९.४४/९.४८, १८.८८/१८.९६, ३५.६३/३६.६८) रु

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 413 पटक पढिएको
  • नेप्से पुगे अर्थमन्त्री पौडेल, पुँजीबजारको अस्थिरताप्रति चासो

    काठमाडौं–अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजारमा देखिएको अस्थिरताप्रति चासो देखाएका छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालयको निरीक्षणका क्रममा पौडेलले नेप्से परिसूचक र कारोबार रकम घटेको कारणबारे तत्काल स्पष्टीकरण माग गरेका हुन् । पहिले तीन हजार अङ्कभन्दा माथि पुगेको नेप्से परिसूचक अहिले किन घटेर दुई हजार पाँच सय हाराहारीमा आइपुग्यो भन्ने प्रश्न गर्दै, उनले पुँजीबजारको स्थिरताका लागि थप सुधार आवश्यक रहेकोतर्फ जोड दिएका छन् । साथै, उनले पुँजीबजारलाई दिगो र प्रविधिमैत्री बनाउन निर्देशन दिँदै इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्न चनाखो रहनुपर्नेमा जोड दिए । निरी

    • प्रकाशित मितिः असोज २, २०८१
    • 567 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट देखिएको छ । आज प्रतितोला रु तीन सयले घटेर रु १,५६,४०० मा कारोबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य रु १,५६,७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेर रु १,८९० मा पुगेको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 297 पटक पढिएको
  • डलर, युरो र पाउण्ड स्ट्रलिङको विनिमय दर घट्यो

    काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, र पाउण्ड स्ट्रलिङको भाउमा केही गिरावट आएको छ । बुधबारका लागि अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरोको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ भने पाउण्ड स्ट्रलिङको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा तोकिएको छ । अन्य प्रमुख मुद्राहरूमा पनि सामान्य गिरावट आएको छ। स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, र क्यानेडियन डलरका दरहरूमा पनि गिरावट देखिएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 403 पटक पढिएको
  • सुनको मूल्यमा गिरावट, कति पुग्यो ?

    काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ६०० ले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार छापावाला सुन प्रतितोला रु १ लाख ५७ हजार ३ सयमा कारोबार भएकोमा आज घटेर रु १ लाख ५६ हजार ७ सय पुगेको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ९१५ मा खरिदबिक्री भएको चाँदी आजका लागि रु १ हजार ९०५ मा कारोबार हुँदैछ ।

    • प्रकाशित मितिः असोज १, २०८१
    • 589 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.