आर्थिक

    Showing 2,911-2,920 of 4,499 items.
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, चाँदी पनि महँगियो

    काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भई रु एक लाख ५६ हजार तीन सय पुगेको छ । यो हालसम्मकै उच्चतम मूल्य हो । यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु ६५ ले बढेर रु एक हजार आठ सय ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र स्थानीय माग बढ्नुलाई यसको प्रमुख कारण मानिएको छ । 

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 317 पटक पढिएको
  • कालीमाटीमा आज तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य जारी गरेको छ । सार्वजनिक आजको मूल्य सूचीअनुसार विभिन्न तरकारी र फलफूलको मूल्यमा फरक देखिएको छ । भारतीय गोलभेडा ठूलो प्रतिकिलो न्यूनतम रू ६० देखि अधिकतम रू ७० सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू ६५ रहेको छ । त्यस्तै, लोकल गोलभेडा प्रतिकिलो रू २० देखि रू ३० सम्मको दायरामा रहेको छ ।आलुमा पनि विभिन्न प्रकारका मूल्यहरू देखिएका छन् । आलु रातोको औसत मूल्य रू ७० छ भने भारतीय आलुको औसत मूल्य रू ५७.६७ रहेको छ । प्याज सुकेको (भारतीय) प्रतिकिलो रू १२२ देखि रू १२५ सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू १२३.६७ रहेको छ।गा

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 570 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर र युरोको मूल्यमा बिहीबारको तुलनामा आज केही कमी आएको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा छ भने युरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा छ ।  युके पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानिज येन, र चिनियाँ युआन लगायतका मुद्रामा पनि सानो परिवर्तन देखिएको छ ।  राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार कुनै पनि समयमा संशोधन गर्न सकिने बताएको छ  ।

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 589 पटक पढिएको
  • अर्थ मन्त्रालयले चोरी पैठारी नियन्त्रण गर्न लिइएको रणनीति सह्रानिय : अध्यक्ष अग्रवाल

    काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको बताएका छन् । काठमाडौंमा आज भन्सार विभागको कार्यक्रममा बोल्दै उनले आर्थिक वर्ष २०८१/०८२ को लागि पारित आर्थिक ऐनमा आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको बताएका हुन् । उनले भने, ‘आर्थिक वर्ष २०८१/०८२ को लागि पारित आर्थिक ऐनमा आयात हुने मालवस्तुको मूल्यांकनका लागि ब

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 399 पटक पढिएको
  • अर्थमन्त्रीको निर्देशन : राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्नु

    काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौंमा आज भन्सार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर गरी काम गर्न विभागका अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे । गत वर्षको तुलनामा यस वर्ष यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित मन्त्री पौडेलले निकायको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘राजश्वको लक्ष्य पूरा ग

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 352 पटक पढिएको
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा परिवर्तन

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सयमा कारोबार हुँदैछ । यद्यपि, बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।यस्तै, चाँदीको मूल्य भने तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 322 पटक पढिएको
  • विदेशी मुद्रा सटही दर सार्वजनिक‚ अमेरिकी डलर स्थिर‚ युरो वृद्धि

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दर अनुसार अमेरिकी डलर स्थिर रहेको छ भने युरोपियन युरोको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ७ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा कायम छ । युरोको खरिद दर १४८ रुपैयाँ १८ पैसा र बिक्री दर १४८ रुपैयाँ ८४ पैसा रहेको छ‚ जुन हिजोभन्दा बढी हो । यूके पाउण्ड स्ट्रलिङ घटेर १७५ रुपैयाँ ५२ पैसा खरिद दर र १७६ रुपैयाँ ३० पैसा बिक्री दरमा झरेको छ । अस्ट्रेलियन डलर‚ कतारी रियाल‚ र अन्य विदेशी मुद्राको दर पनि परिवर्तन भएको राष्ट्र बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 396 पटक पढिएको
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं–सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन हाल सम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजोको तुलनामा आज सुन १ हजार रुपैयाँले बढेको छ ।मंगलबार स्थानीय बजारमा सुन १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइकाृ थियो । यसअघि भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले बढेर १७८० रुपैयाँ पुगेको छ ।  

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 512 पटक पढिएको
  • उद्यमशीलता नै आर्थिक समृद्धिको आधार : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता नै आर्थिक समृद्धिको आधार भएको स्पष्ट पारेका छन् । नवलपुरबाट भेट्न आएका उद्यमीले उत्पादन गरेको मह कोसेली लिँदै प्रधानमन्त्री ओलीले उद्यमशीलताको महत्वमा जोड दिएका हुन ।प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताका सम्भावनाबारे पनि छलफल भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले सरकारले युवाहरूलाई उद्यमशील बनाउनका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको र २५ लाख रुपैयाँसम्मको बिना धितो ऋण उपलब्ध गराएको जानकारी समेत गराएका छन् । प्रधानमन्त्री ओलीले फेसबुकमार्फत लेखेका छन, ‘नवलपु

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 690 पटक पढिएको
  • सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन समितिद्धारा अर्थमन्त्रीसँग छलफल

    काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ ।आज समितिले अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो । समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले संविधान र कानूनी व्यवस्थामा आधारित भएर समितिको प्रतिवेदनको अन्तिम रुप दिनेगरी सुझाव लिनको लागि अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेको बताए । छलफलका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवाद उन्मुख मिश्रित रह

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 508 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.