आर्थिक

    Showing 2,921-2,930 of 4,499 items.
  • मुख्य सचिवलाई चेम्बरको सुझाव : अर्थतन्त्र सुधार्न नीतिगत सहजिकरण गरिदिनु

    काठमाडौं- मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेकोमा व्यवसायीहरुले जोड दिएका छन् ।नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले आज नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् । चेम्बर अफ कमर्सले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिब्र र दिगो विकासका लागि नीतिगत स्थिरता आवश्यक देखिएको भन्दै मुख्यसचिवले अर्थतन्त्र सुधारका लागि नीतिगत सहजिकरण गर्न सुझाव समेत दिएको छ । मुख्यसचिव अर्यालसँगको भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले सरकारले अर्थतन्त्रमा आएको शिथिलता कम गर्न अविलम्व पहल गर्न आग्रह गरे । उनले मुलुकको आ

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 428 पटक पढिएको
  • सुन र चाँदीको मूल्यमा भारी गिरावट

    काठमाडौं–साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु १,२०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार तोलामा रु १,५३,००० मा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु १,५२,१०० निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु १,७९५ मा कारोबार भइरहेको थियो भने आजका लागि यसको मूल्य तोलामा रु १,७५० निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 585 पटक पढिएको
  • आजका लागि कृषि उपजको मूल्य सार्वजनिक (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको मूल्य सार्वजनिक गरेको छ । यस सूचीमा गोलभेडा, आलु, प्याज, गाजर, काउली, मूला, भन्टा, बोडी, घिउ सिमी, टाटे सिमी, भटमासकोशा लगायतका वस्तुहरूको न्यूनतम, अधिकतम र औसत मूल्य समावेश गरिएको छ । गोलभेडाको मूल्य सूचीमा नेपाली र भारतीय उत्पादनबीच समानता देखिन्छ। गोलभेडा ठूलोको मूल्य प्रति केजी नेपाली र भारतीय दुवैमा रू ५० देखि रू ६० सम्म छ, जबकि गोलभेडा सानो (लोकल) प्रति केजी रू २० देखि रू ३० को बीचमा छ । आलुको मूल्यमा विविधता छस रातो आलुको मूल्य भारतीय उत्पादनमा प्रति केजी रू ५५ देखि रू ६० र नेपाली उत्पादनमा रू ६८ देखि रू

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 550 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा,  युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 396 पटक पढिएको
  • दशैँसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण पूरा गर्नु : कृषिमन्त्री

    काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिएका छन् । शुक्रवार काठमाडौंको चोभार स्थित निर्माणाधीन पुष्प तथा फलफूल थोक बजारको निरीक्षण गर्न पुगेकन मन्त्री अधिकारीले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताए । उनले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गर्दै विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण गर्नुपर

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 292 पटक पढिएको
  • दसैँमा नयाँ नोटको सटही बन्द, सुकिलो नोट साटिने

    काठमाडौं–नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा नयाँ नोटको सटही नगर्ने भएको छ । बैंकले विगतका वर्षहरूमा जस्तै यसपटक सफा र सुकिलो नोट सटही गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार, सफा नोट कहाँ, कैले, कसरी र कति सटही पाइन्छ भन्ने विषयमा बैंकले चाँडै सूचना जारी गर्नेछ ।दसैँको मुखमा नयाँ नोटको सटही गर्दा ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था आउने भएकाले यसपटक यस्तो निर्णय गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताए । उनका अनुसार, विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 710 पटक पढिएको
  • तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

    काठमाडौं- तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।शुक्रवारबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गर्नुभयो । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको हो । भदौ २३ गतेसम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् ।  प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 277 पटक पढिएको
  • तीजको अवसरमा सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो

    काठमाडौं–आज स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा‚ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार‚ सुनको मूल्य प्रतितोला रु १‚३०० ले वृद्धि भई रु १‚५३‚३०० पुगेको छ । बिहीवार प्रतितोला रु १‚५२‚००० मा कारोबार भएको सुनको मूल्य आजका लागि वृद्धि भएको हो । यससँगै चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले वृद्धि भई रु १‚७९५ पुगेको छ‚ जसले तीजको रमझमसँगै बजारलाई थप चलायमान बनाएको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 542 पटक पढिएको
  • अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

    काठमाडौं–अमेरिकी डलर‚ युरो‚ र पाउण्ड स्ट्रलिङको भाउ बिहीबारको तुलनामा आज बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा छ‚ जबकि बिहीबार यो क्रमशः १३४ रुपैयाँ ०५ पैसा र १३४ रुपैयाँ ६५ पैसा थियो।युरोको खरिददर आज १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा छ‚ जसले बिहीबारको तुलनामा वृद्धि देखाएको छ। त्यस्तै पाउण्ड स्ट्रलिङको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा पुगेको छ।राष्ट्र बैंकले अन्य मुद्राहरूको विनिमय दर पनि सार्वजनिक गरेको छ‚ जसमा स्वीस फ्रयाङ्क‚ अस्ट्रेलियन डलर‚ क्यानेडियन डलर‚ र चिनियाँ युआन लग

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 459 पटक पढिएको
  • अरुण तेस्रोमा उर्जामन्त्रीको चासो, चाडो समस्या समाधान गर्न निर्देशन

    काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । अरुण तेस्रो जलविद्युत आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउने मात्र नभई समाधानमा केन्द्रित हुन निर्देशन दिएका हुन् । विजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्ने भन्दै मन्त्री खड्काले आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न गर्न र देखिएका सानातिना समस्यालाई समाधान गर्न निर्देशन दिएका हुन्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.