आर्थिक

    Showing 2,931-2,940 of 3,509 items.
  • शौर्य सिमेन्टले पायो ५३ ग्रेडको अनुमति

    झापा / नेपाली बजारमा केही समयअघि देखि उपलब्ध हुन थालेको शौर्य सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको मान्यता पाएको छ । उदयपुरको चुनढुंगाबाट उत्पादित उक्त सिमेन्टलाई छोटो समयमै गुणस्तर प्रमाणिकरण गराउन उत्पादक कम्पनी सफल भएको हो । ५३ ग्रेड मान्यता पाएपछि शौर्य सिमेन्टले पुस मसान्तसम्म ग्राहकहरूलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ । सिरहा जिल्लाको मिर्चैयामा उद्योग रहेको शौर्य सिमेन्टले ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्ने गरेको छ । आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन थाल्ने प्रक्रियामा रहेको उद्योगले जनाएको छ । उद्योगले द

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 128 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ९२ हजार ५००

    काठमाडौँ / सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेक

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 88 पटक पढिएको
  • मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ

    झापा / झापा जिल्लामा मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र जिल्ला सुनसरी धरान उपमहानगरपालिका २२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार वि क रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।प्रहरीका अनुसार मेचीनगर नगरपालिका ९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका ११ निवासी शोभादेवी ढुङ्गानाका चार थान सुनको औँठी, एक थान पञ्चरत्न&nb

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 130 पटक पढिएको
  • शेयर बजार : वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ट्रेन्ड ?

    काठमाडौं,/  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।  त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ ।नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 94 पटक पढिएको
  • श्रमजीवी र श्रमिकहरूको हकहितमा आफूले काम गर्ने : मन्त्री श्रेष्ठ

    तनहुँ / श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन । पाटन युवा क्लबद्धारा व्यास ५ को पराशर आश्रमको प्राङ्गणमा आयोजित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै वैदेशिक रोजगारीमा ठगी गर्ने दलालहरूलाई आफूले नछाड्ने मन्त्री श्रेष्ठले बताए ।विदेश जाँदा श्रम मन्त्रालयको स्वीकृति लिएर मात्रै जान मन्त्री श्रेष्ठले युवालाई आग्रह गरेका छन । ९७ प्रतिशत युवाहरू तालिम र विना सीप वैदेशिक रोजगारीमा जाने गरेको भेटिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिएका छन ।विगतमा केन्द्रमा मात्

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 102 पटक पढिएको
  • हवाई भाडा घटाउनुपर्ने माग

    काठमाडौँ  / नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनुपर्ने माग गरेकोे छ ।बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी सङ्घको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।सङ्घका महासचिव सुजित श्रेष्ठले कोरोना महामारीपश्चात् वैदेशिक रोजगारीमा जाने नेपालीको सख्यामा वृद्धि भए पनि चर्को हवाई भाडाका कारण श्रमिकलाई मर्का परेको जानकारी दिएका छन ।सङ्घले विज्ञप्ति जारी गर्दै मन्त्री आलेले हवाई भाडाको समस्या समाधान गर्न प्रयास गर्ने आश्वासन दिए ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 89 पटक पढिएको
  • सुनचाँदीको भाउ घट्यो

    काठमाडौँ  /  शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 82 पटक पढिएको
  • बिर्तामोड नगरक्षेत्र भित्र तोकियो अटो टेम्पोको नयाँ भाडादर (सूचीसहित)

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालित अटो टेम्पोको नयाँ भाडादर तोकिदिएको छ । सरकारले पेट्रोलियम पर्दाथको मूल्यवृद्धि गरेको भन्दै अटो टेम्पो व्यवसायीहरूले भाडा वृद्धिको माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर तोकिदिएको हो । अटो व्यवसायीहरूले मूल्य वृद्धि माग गरेपछि नगरपालिकाले कार्यपालिकाका सदस्य निता घतानीको संयोजकमा सिफारिस समिति बनाएको थियो । सोही समितिले मंसिर १६ गतेको कार्यपालिका बैठकमा प्रस्ताव गरे अनुसार नयाँ भाडादर तय भएको हो  बिर्तामोडको मुक्तिचोक देखि २ किलोमिटरभित्र ३० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर १० रुपैयाँ बढाउदै जाने निर्ण

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 160 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य कति ?

    काठमाडौँ  / आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 110 पटक पढिएको
  • एलिट कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौं / सरकारले ६ वटा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।सो कार्यालयले निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २–२ वर्ष र एसएनसी, एसएमएस र त्रिदेव निर्माण सेवालाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा