आर्थिक

    Showing 2,941-2,950 of 4,134 items.
  • दुई महिनामा अन्तर्राष्ट्रिय व्यापारमा १५ दशमलव ७० प्रतिशतले कमी (भिडियोसहित)

    झापा / चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन र भदौको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ थियो ।विभागका अनुसार भदौसम्म आयात र निर्यात दुवै घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कुल आयात १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ५९ करोड

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 298 पटक पढिएको
  • विश्वमै पहिलो पटक क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा ग्लोबल आइएमई बैंकलाई (भिडियाेसहित)

    झापा  / विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत ग्लोबल आइएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो ।बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वद्धन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 142 पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    झापा / आज (मंगलबार) पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार तीन सय थियो भने आज ९० हजार ९०० रुपैयाँ पुगेको थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 195 पटक पढिएको
  • नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिने

    झापा / नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिने भएको छ । एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार एयरलाइन्सले आज (सोमबार) देखि नै सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’ मार्फत टिकट बुकिङ सुरु गरेको हो ।उनले भनिन्, ‘नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 140 पटक पढिएको
  • ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्री सक्रिय : समस्या समाधानका लागि १० सदस्य समिति गठन (भिडियाेसहित)

    झापा  / अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न अग्रसर भएका छन् । बैंकहरूले आफूखुसी ब्याजदर वृद्धि गरेपछि शर्मा नियन्त्रण गर्न कस्सिएका हुन् । बैंकले असोज महिनाका लागि १० प्रतिशत सम्मले ब्याजदर वृद्धि गरेसँगै त्यसको सर्वत्र विरोध भइरहेको छ । निजी क्षेत्रका व्यवसायीहरूले बैंकहरूको निर्णयको विरोध गर्दै अर्थमन्त्री शर्मालाई नियन्त्रण सच्याउनका लागि आग्रह गरिरहेका छन् ।अर्थमन्त्री शर्माले ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकलाई भनेपनि गर्भनर महाप्रसाद अधिकारीले त्यसलाई सकारात्मक रुपमा लिएका छैनन् । केन्द्रीय बैंकले ब्याज बढाएर मूल्य वृद्धि नियन्त्रण गर्न खोजेको दावी गरिरहेको

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 279 पटक पढिएको
  • आज सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

    काठमाडौँ / आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 225 पटक पढिएको
  • तत्कालीन गाविस सचिव मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ / धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मण्डल र साविक चक्कर गाविस–२ हाल औरही गाउँपालिका –६ बस्ने नागेन्द्र भन्ने रञ्जित साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हो ।उनीहरूले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ ।विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरूले भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले ब

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 160 पटक पढिएको
  • चाडवाडमा खानेतेलको मूल्य घट्दा उपभोक्तालाई राहत

    झापा / सरकारले कच्चा तेलको आयातमा भन्सार शुल्क घटाएपछि खाने तेलको मूल्यमा गिरावट आएको छ । सरकारले २१ भदौ देखि कच्चा तेलको शुल्कमा कटौती गरेपछि खाने तेलको मूल्य लिटरको २० रुपैयाँले घटेको हो । अन्तराष्ट्रिय मूल्यका कारण गत साउन यता खानेतेल गत साउन यता खानेतल क्रमशः सस्तो हुँदै आएको थियो । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडवाडको मुखमा त्यसले उपभोक्तालाई अझै राहत मिलेको हो । सरकारले कर घटाएर नेपाली उपभोक्ताले राहत पाउने अवसर दिएपनि सीमापार बजारमा त्यही अनुरूप मूल्य कायम गरिदिँदा मा

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 166 पटक पढिएको
  • आइतबार सुनको मूल्यमा एक हजारले गिरावट

    काठमाडौं / साताको पहिलो दिन नेपाली बजारमा  सुनको मूल्य घटेको छ । आज आइतबारको दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदी तोलामा एक हजार १७० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 114 पटक पढिएको
  • १२ अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

    झापा / नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।  ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 179 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.