आर्थिक

    Showing 2,951-2,960 of 4,499 items.
  • अन्डाको मुल्य फेरि बढ्यो

    काठमाडौं- पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढाउने निणर्य गरेको हो ।संघको आज बसेको बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको छ । मुल्य बढेसँगै अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ५ सय ५ तय गरेको थियो ।यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 492 पटक पढिएको
  • सुनको मूल्यले तोड्यो सबै रेकर्ड‚ चाँदी घट्यो

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । हिजोको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको थियो । तर‚ आज फेरि उक्त रेकर्ड तोडिएको हो । अर्कोतर्फ‚ आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८३० रुपैयाँमा कारोबार हुँदैछ । 

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 448 पटक पढिएको
  • आज अमेरिकी डलरको मूल्य बढ्दा‚ युरोको घट्यो

    काठमाडौं–बुधबारको तुलनामा आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ भने युरोको मूल्यमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ‚ जुन हिजोको तुलनामा उच्च हो । हिजो अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा थियो।त्यस्तै‚ युरोको मूल्यमा गिरावट देखिएको छ। आज युरो एकको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ‚ जुन हिजोको तुलनामा कम हो। हिजो युरो एकको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा थियो।  अन्य व

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 367 पटक पढिएको
  • सुनको मूल्यमा नयाँ कीर्तिमान‚ कति पुग्यो ?

    काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ ५ गते सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । अघिल्लो दिनको मूल्यसँग तुलना गर्दा बुधबार सुनको मूल्यमा ८ सय रुपैयाँले बढेको हो । मंगलबार १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १८५० रुपैयाँ रहेको चाँदी पाँच रुपैयाँ बढेर १८५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 500 पटक पढिएको
  • नेपाल विद्युत् प्राधिकरणले बिजुली बेचेर महिनामा ४ अर्ब कमायो

    काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले आठ वर्षपछि लोडसेडिङको समस्या पार गर्दै महिनामा रु ४ अर्ब १९ करोड बराबरको बिजुली बिक्री गर्न थालेको छ । हाल प्राधिकरणसँग लगभग ३३०० मेगावाट बिजुली उपलब्ध छ‚ जसमा १९२९ मेगावाट भित्र खपत भइरहेको छ र २६३३ मेगावाटको माग छ । साँझ र बिहान बिजुलीको माग बढ्ने हुँदा रातको समयमा भारतलाई निर्यात गरेर आम्दानी गरिएको छ। दैनिक हिसाब अनुसार साउन महिनामा मात्र रु १३ करोड ११ लाख बराबरको बिजुली निर्यात भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८/९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 553 पटक पढिएको
  • स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमीहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सरकारले बिना धितो २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा उपलब्ध गराउने भन्दै प्रस्ताव पेश गर्न अनुरोध गरेका छन् ।  सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै ओलीले यस कार्यक्रम अन्तर्गत हालसम्म १६५ जना युवा उद्यमीहरूले यो सुविधा प्राप्त गरिसकेको जानकारी गराए । उनले थप ५०० देखि ६०० जनालाई यो कर्जा प्रदान गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । सरकारले यस कार्यक्रमलाई पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । ओलीले युवाहरूलाई आफ्नो सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न यो कर्जा सुविधा निकै महत्व

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 426 पटक पढिएको
  • आज अमेरिकी डलर, युरो, र पाउण्ड स्ट्रलिङको मूल्य बढ्यो

    काठमाडौं–आज अमेरिकी डलर‚ युरो‚ र पाउण्ड स्ट्रलिङलगायतका विदेशी मुद्राहरूको भाउमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राहरूको मूल्य बढेको हो।आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम भएको छ‚ जबकि मङ्गलबार यो क्रमशः १३३ रुपैयाँ ९५ पैसा र १३४ रुपैयाँ ५५ पैसा थियो।युरोको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा पुगेको छ‚ भने बेलायतको पाउण्ड स्ट्रलिङको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम भएको छ।अन्य विदेशी मुद्राहरू जस्तै स्वीस फ्रयाङ्क‚ अष्ट्रेलियन डलर‚ क्यानेडियन डलर‚ सिङ्ग

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 346 पटक पढिएको
  • ११२ अंकले घट्यो नेप्से, साढे १८ अर्बको सेयर कारोबार

    काठमाडौँ- सेयरबजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको हो। सेयरबजार पछिल्ला दुई कारोबार दिनमा १९१.८४ अंकले घटेको हो। आइतबार ७९.८८ अंकले घटेको थियो। यद्यपि कारोबार रकममा भने धेरै फेरबदल भएको छैन। आइतबार १९ अर्ब ७४ करोडको सेयर किनबेच भएको थियो। सोमबार कारोबार भएन। मंगलबार १८ अर्ब ६४ करोड ९५ लाखको खरिदबिक्री भएको छ।  ४ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्रीमा मंगलबार उक्त कारोबार भएको हो। मंगलबार २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको र एउटाको आइतबारकै मूल्यमा कारोबार भएको छ। आजको कारोबारमा तार

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 462 पटक पढिएको
  • आज सुनको मूल्य स्थिर‚ चाँदी बढ्यो

    काठमाडौं–आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यद्यपि, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 413 पटक पढिएको
  • आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार‚ भारतीय रुपैयाँको खरिद दर प्रति १०० युनिट १६०.०० र बिक्री दर १६०.१५ रहेको छ । खुला बजार विनिमय दरमा अमेरिकी डलरको खरिद दर १३३.९५ र बिक्री दर १३४.५५ रहेको छ भने युरोको खरिद दर १४९.५६ र बिक्री दर १५०.२३ रहेको छ । पाउण्ड स्टर्लिङको खरिद दर १७६.६० र बिक्री दर १७७.३९ रहेको छ । स्विस फ्राङ्कको खरिद दर १५८.१० र बिक्री दर १५८.८१ रहेको छ । अष्ट्रेलियन डलरको खरिद दर ९०.६८ र बिक्री दर ९१.०८ रहेको छ । क्यानाडियन डलरको खरिद दर ९९.१६ र बिक्री दर ९९.६० रहेको छ । सिंगापुर डलरको खरिद दर १०२.७८ र बिक्री

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.