बिर्तामोड / आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थलले प्राप्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ ।भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ । आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको
बिर्तामोड / सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना –१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको छ ।
बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
बिर्तामोड / सरकारले प्रमुख शहरहरू बीचको दूरी अधिकतम् २ घण्टाको हुने गरी सडक बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।सडकहरुलाई अधिकतम् गतियुक्त, सुरुङमार्ग, उचाईयुक्त पुल, फ्लाइओभर वन्यजन्तुमार्गसहित बनाउने घोषणा बजेटले गरेको छ । सबै सडकको जीआईएस म्यापिङ तयार गर्ने र चुरे क्षेत्रमा टनेल बनाउने घोषाा पनि भएको छ ।
बिर्तामोड / सरकारले विभिन्न विद्युतीय उपकरणको आयतमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ । विद्युतीय चुलो, रिफ्रिजेरटर, माइक्रोवेब ओभनको भन्सार महसुल घटाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।विद्युत खपतको बढाउनका लागि प्रोत्साहन गर्न यस्तो नीति लिइएको हो।
बिर्तामोड / सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् ।७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग पनि बनाउन थालिने छ । महादेव डाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमि लामो सुरुङमार्ग बनाइने भएको छ ।चार लेनको यो सडक बनेपछि निजगढबाट खोकनासम्म लगभग १ घन्टामा आइपुगिने अनुमान छ । डीपीआरअनुसार सडकको चौडाइ पह
बिर्तामोड / सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप हुने अनुमान सार्वजनिक गरेको छ ।आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाको निर्माण सकाएर राष्ट्रिय प्रसारणमा १६ सय २९ मेगावाट बिजुली थप हुने उल्लेख छ ।अर्थमन्त्री विष्णु पौडेलले सुख्खासयाममा समेत आन्तरिक माग धान्न सकिने गरी माथिल्लो तामाकोसीबाट २२८, रसुवागढीबाट ११, सान्जेनका दुई आयोजनाबाट ५६, माथिल्लो त्रिशुली थ्रीबीबाट ३७, राहुघाटबाट ४०, मध्यभोटेकोसीबाट १०२ र निजी क्षेत्रका आयोजनाबाट १५५ गरी १ हजार ६२९ मेगावाट थप बिजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
बिर्तामोड / पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नति तथा विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको छ ।पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनको बनाउने योजनालाई सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड चार लेनको बनाइँदैछ ।सरकारले यसका लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशकै र देशकै प्रतिक्षित आयोजनाअन्तर्गत पृथ्वी राजमार्गका स्तरोन्नति तथा विस्तारले पोखरा–काठमाडौंलाई सहज र छोटो दूरीमा जोड्नेछ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.