आर्थिक

    Showing 2,961-2,970 of 4,499 items.
  • सुनको मूल्यमा सामान्य गिरावट‚ चाँदी पनि घट्यो

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य १ लाख ५२ हजार ४०० रुपैयाँ थियो । यस्तै‚ चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा आएको छ । आइतबार चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 394 पटक पढिएको
  • नेप्सेमा ७९.८८ अङ्कको गिरावट: अधिकांश समूहको उपसूचक घट्यो

    काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ७९.८८ अङ्कको गिरावट आएको छ, जसले गर्दा परिसूचक २८९४.५७ विन्दुमा झरेको छ । आज तीन सय ३३ कम्पनीका ४ करोड २६ लाखभन्दा बढी कित्ता शेयर दुई लाख १८ हजार पटकभन्दा बढी खरिदबिक्री हुँदा कुल कारोबार रकम रु १९ अर्ब ७४ करोड पुगेको छ । लघुवित्त समूह १.०८ प्रतिशतले बढे पनि अन्य सबै समूहको उपसूचक घटेको छ । लगानी समूहमा सबैभन्दा ठूलो ३.८३ प्रतिशतको गिरावट आएको छ, जबकि बैङ्किङ, वित्त, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत्, बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, र व्यापार समूहमा पनि गिरावट आएको छ । सबैभन्दा धेरै बढ्नेमा विन नेपाल, उपकार, र आत्म

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 573 पटक पढिएको
  • साताको पहिलो दिन सुनको मूल्य वृद्धि, चाँदी पनि महँगियो

    काठमाडौं–साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यमा तीन अंकको वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा रु १,००० ले बढेर रु १,५२,४०० निर्धारण भएको छ । यसअघि शुक्रबार यो मूल्य रु १,५१,४०० मा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु १,८१५ थियो, जुन आजको लागि रु १,८५० निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 379 पटक पढिएको
  • रुपन्देहीमा भन्सार छली ल्याएको चिनी र कपडा बरामद

    भैरहवा- रुपन्देहीको भैरहवा-लुम्बिनी सडक खण्डको रमवापुरबाट भन्सार छली ल्याएको समान बरामद भएको छ । भैरहवा भन्सार कार्यालयले आज भन्सार छली गरिएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यका चिनी, कपडा र एउटा ट्रक नियन्त्रणमा लिएको हो । चिनी लोड गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको ग २ ख १२९० नम्बरको ट्रकलाई भन्सार टोलीले नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । गोप्य सूचनाका आधारमा भन्सार छली गरिएको चिनी नियन्त्रणमा लिन गएका बेलामा दुईवटा मोटरसाइकलबाट भन्सार छली गरिएका कपडा पनि ओसारेको देखेपछि ती पनि नियन्त्रणमा लिएको थियो । ट्रकलाई नियन्त्रणमा लिने

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 220 पटक पढिएको
  • अर्थमन्त्रीको दाबीः नयाँ सरकार बनेको एक महिनामै राजश्व २० प्रतिशतले बढ्यो

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको दाबी गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गठन भएको एक महिना अवधिमै अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको बताए । गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको उनको दाबी छ । ‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 445 पटक पढिएको
  • संसदीय छानविन समितिले आज रवि लामिछानेको वयान लिने

    काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान लिने भएको छ । लामिछानेको वयान अघि पूर्वडीआईजी छविलाल जोशीको वयान लिने तयारी समितिको छ । दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई वयान लिन आज ११ बजे बोलाएको समितिले जनाएको छ ।उनको वयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई वयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 650 पटक पढिएको
  • काम खोज्दै विदेश जाने महिलाको संख्या बढ्यो

    काठमाडौं—  वैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या बर्सेनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या आर्थिक वर्ष २०७९/८० अघिल्लो वर्षको तुलनामा गत आवमा पनि वृद्धि भएको छ । यो सङ्ख्या श्रम स्वीकृति लिएका महिलाको मात्रै हो । श्रम स्वीकृति नलिईकन भारतलाई ट्रान्जिट बनाएर खाडी र मलेसियामा घरेलु काम जानेको सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिन्छ । यति नै महिला त्यहाँ कार्यरत छन् भन्ने तथ्याङ्क भेटिँदैन । सरकारले औपचारिक रूपमा खाडी र मलेसियामा विगत नौ वर्षदेखि घरेलु श्रमिकमा जाने महिलालाई प्र

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 492 पटक पढिएको
  • नेपालका १८ स्थानीय तहमा विद्युत् पुग्न बाँकी

    काठमाडौं— नेपालका १८ स्थानीय तहमा विद्युत सेवा पुग्न बाँकी रहेको छ। ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण र १९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।विद्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 706 पटक पढिएको
  • थप २५१ मेगावाट विद्युत निर्यात गर्न भारतको स्वीकृति

    काठमाडौं । भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत प्रदान गरेको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाबाट उत्पादन हुने थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति नेपालस्थित भारतीय दूतावासले सोमबार जानकारी दिएको छ । जसअनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत विद्युत निर्यात गर्नेछ । यो स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ९४१ मेगावाट पुग्ने दूतावासको भनाइ छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ ग

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 458 पटक पढिएको
  • एकै वर्षमा ५ प्रतिशत मुद्रास्फीति

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले गत आव ०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको जनाएको छ।राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्रै देखिएको उल्लेख छ। राष्ट्र बैंकका अनुसार गत आवमा आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष (आव ०७९/८०) आयात १६ दशमलव १ प्रतिशतले र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको थियो।गत आवमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष श

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 510 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.