आर्थिक

    Showing 2,961-2,970 of 3,108 items.
  • बजेट : सुकेटार विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारी नामाकरण

    बिर्तामोड / सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ ।उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । साथै यति समूहका संस्थापक स्व। आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 95 पटक पढिएको
  • बजेट : माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

    बिर्तामोड / सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो ।गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए । सरकारले यससँगै अन्य ठाउँमा धार्मिक पर्यटनको विकासका लागि पनि बजेट विनियोजन गरेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 70 पटक पढिएको
  • बजेट : पहाडको बाटोमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य

    बिर्तामोड / सरकारले पहाडको ओरोलो बाटो ढलानमा नेपाली सिमेन्ट फलामको प्रयोग अनिवार्य गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । पानीको बहाव धेरै हुने, छिटो बिग्रीने र भिरालो सडक ढलानमा यस्तो सडक ढलान गरिने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 87 पटक पढिएको
  • बजेट : मेलम्चीमा अर्को परियोजना थपिने

    बिर्तामोड / सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यो रकम चालु आव हाराहारी नै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।यस बजेटमा मेचम्ची आयोजनामा खर्च हुने थप रकम समेत समावेश छ । सरकारले एक घर एक धारा कार्यक्रम चलाउने बताएको छ ।पिउने पानीको निर्यात गर्न लगानी आकर्षित गर्ने नीति सरकारको छ । काठमाडौंमा पानी वितरण भइसकेको आवस्थमा सरकारले वितरणतर्फ खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको छ । सरकारले मेलम्चीको दोस्रो परियोजना सुरु गर्ने घोषणा पनि गरेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 146 पटक पढिएको
  • बजेट : पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गरिने

    बिर्तामोड / सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 91 पटक पढिएको
  • बजेट : रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

    बिर्तामोड / सरकारले पूर्वपश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 82 पटक पढिएको
  • बजेट : पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन

    बिर्तामोड / सरकारले पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । निर्यात गर्ने निजी क्षेत्रलाई करमा छुट दिनेसम्मका योजना सरकारले बनाएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसैगरी सरकारले अन्य निर्यात जन्य उद्योगहरुलाई पनि प्रोत्सहन दिने उनले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 82 पटक पढिएको
  • बजेट : बालविकास कार्यकर्ताको तलब १५ हजार

    बिर्तामोड / सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास सहयोगी कार्यकर्ताको तलब वृद्धिको घोषणा गरेका हुन् ।बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 75 पटक पढिएको
  • बजेट : सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

    बिर्तामोड : सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 77 पटक पढिएको
  • बजेट : चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको करमा छुट

    बिर्तामोड / सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् । साथै, चलचित्र क्षेत्रलाई आर्थिक वर्ष २०७८/ ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको पौडेलले बताएका छन् ।पहिलो र दोश्रो चरणको कोरोनाको महामारीका कारण चलचित्र क्षेत्र ठूलो समस्यामा परेको छ । प्रदर्शकहरुले लकडाउन र निषेधाज्ञाको समयमा लाग्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न सरकारसँग माग गर्दै आएका थिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 92 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा