आर्थिक

    Showing 3,931-3,940 of 4,500 items.
  • एलिट कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौं / सरकारले ६ वटा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।सो कार्यालयले निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २–२ वर्ष र एसएनसी, एसएमएस र त्रिदेव निर्माण सेवालाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 126 पटक पढिएको
  • आज ५३ अङ्कले घट्यो शेयर बजार

    काठमाडौँ  / शेयर बजार परिसूचक (नेप्से) आज बुधवार ५३ दशमलव १ अङ्कले घटेको छ । आज नेप्से ५३ दशमलव १ अङ्कले ५३ दशमलव १ अङ्कले घटेर दुई हजार चार सय ५५ दशमलव ८० विन्दुमा झरेको हो ।आज सबैभन्दा बढी सेयर बीमा, विकास बैंक, जलविद्युत्, व्यापार र माइक्रोफाइनान्स समूहको घटेको छ ।दुई सय २६ कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । ६५ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ  । सामुदायिक लघुवित्त र एक्सेल विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 107 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । हिजो मंगलबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 126 पटक पढिएको
  • झापामा खुल्यो अलैंची प्रशोधन उद्योग

    बिर्तामोड / झापाको अर्जुनधारामा अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको छ । अर्जुनधारा–८ मा एभरेष्ट लार्ज कार्डम प्रालि नामको अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको हो ।  प्रदेश एकका पहाडी जिल्लामा उत्पादन हुँदै आएको अलैंची प्रशोधन गर्ने उद्देश्यले स्थापित उद्योगमा ७ करोड रुपैयाँ लगानी भएको बताईएको छ । उद्योगको एक कार्यक्रमका बिच सोमवार नायिका स्वस्तिमा खड्का र प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टिकाराज ढकालले शुभारम्भ गरेका छन् ।उद्योग शुभारम्भ कार्यक्रममा नायिका खड्कालाई उद्योगका उत्पादनको बजार बिस्तारका लागि ब्रान्ड एम्वेसडरमा नियुक्त समेत गरिएको थियो । उद्योगले मिजाज माउन्टे

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 117 पटक पढिएको
  • विमानस्थलबाट भित्रिएको सुनबाट एक सातामा सात करोड राजश्व संकलन

    काठमाडौँ / एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनबाट सात करोड रुपैयाँ राजश्व संकलन भएको छ । एक साताको अवधिमा भित्रिएको ५६ किलोग्राम सुनबाट सात करोड रुपैयाँ राजश्व संकलन भएको विमानस्थलका भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार गत मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्कने १५ सय ४१ जनाले नेपालीले विभिन्न गहना बनाएर ७२ किलोग्राम सुन नेपाल ल्याएका थिए । नेपाल ल्याएको सुन मध्ये १३ सय ४१ जनाले ५६ किलोग्राम सुनको कर तिरेका छन् भने बाँकी १८९ जनाले ल्याएको १६ किलोग्राम सुनको भने राजश्व तिरेका छैनन् । विदेशबाट नेपाल फर

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 144 पटक पढिएको
  • गायक सपूत प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा पुनःनियुक्त

    काठमाडौँ / प्रभु बैँकको ब्राण्ड एम्बास्डरमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूत नियुक्त भएका छन् । बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपूतलाई बैंकको ब्राण्ड एम्बास्डरमा पुनः नियुक्त गरेका हुन् । गत वर्ष नै प्रभु बैंकको ब्रान्ड एम्बस्डरमा नियुक्त भएका सपुतको कार्यअवधि समाप्त भएपछि थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 114 पटक पढिएको
  • आजको सुन चाँदीको बजार मूल्य

    आजको सुन चाँदीको बजार मूल्यझापा / आज नेपाली बजारमा छापावाला सुनको मूल्य हिजोको तुलनामा स्थिर रहि प्रतितोला ९२ हजारले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै महासङ्घका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार २०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 132 पटक पढिएको
  • ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवाको सुरु

    काठमाडौँ / ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाइ गरी १ दिन भित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन्।बैंकले यहि मंसिर १९ गते देखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको छ।प्रिपेड डलर कार्ड सेवा सुरु भए संगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई(कमर्श

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 113 पटक पढिएको
  • १ अर्बको आईपीओ जारी गर्दै पिपुल्स हाइड्रोपावर

    काठमाडौँ / पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 122 पटक पढिएको
  • सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छ : अर्थमन्त्री शर्मा

    विराटनगर / अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न सकेमा समृद्धि हासिल हुन सक्ने बताएका छन । उनले मोरङ व्यापार सङ्घको ६५ औँ साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै यस्तो बताएका हुन ।अर्थमन्त्री शर्माले हरेक राजनीतिक आन्दोलनका प्रमुख उद्देश्य मुलुकको आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर उकास्नु नै रहेकाले सबै पक्ष मिलेर काम गरेमा त्यो उद्देश्य हासिल गर्न सकिने धारणा व्यक्त गरे ।उनले यतिबेला सरकारलाई निजी क्षेत्रको दरिलो साथ चाहिएको भन्दै उद्योमी व्यवसायीलाई दूरगामी प्रभावका योजना ल्याउन आग्रह गरेका छन । उनले भने, राष्ट्रिय हित अनुकूल हुने जुनसुकै योजनामा पनि स

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.