आर्थिक

    Showing 3,941-3,950 of 4,500 items.
  • घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९१ हजार पाँच सय मा कारोबार भएको छापावाला सुनको मूल्य दुई सय रुपैयाँले घटेर आज ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 164 पटक पढिएको
  • मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट बन्योः मन्त्री यादव

    ललितपुर, \ कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रिय जगतमा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताएका छन् ।नेपाल कृषि पत्रकार सङ्घले आज आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा खरिद ऐन पुरानै रहँदा पनि असर गरिरहेको बताए। उनले भने , “कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि हासिल हुँदैन, मुलुकमा रासायनिक मलको अभाव हुन नदिन मल कारखाना स्थापना गर्न प्रयास गरिरहेका छौं ।”सातै प्रदेशमा मलखाद गोदाम निर्माण गरी बन्दरगाह अनि सीमा क्षेत्र लगायत सडक आदिलाई व्यवस्थित गरेमा सो समस्या चाँडै समाधान हुन

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 113 पटक पढिएको
  • धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

    धनगढी  / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्। धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै मन्त्री आलेले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया सहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन्।निरीक्षणकै क्रममा मन्त्री आलेले विमानस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिएका विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताएका छन्। ‘मन्त्रीले विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधि

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 133 पटक पढिएको
  • सुन प्रतितोला रुपियाँ ९२ हजार

    काठमाडौँ \ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रुपियाँ ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रुपियाँ ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रुपियाँ १०० ले घटेको छ ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रुपियाँ ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रुपियाँ ९१ हजार ६०० तोकिएको थियो ।        त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रुपियाँ १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजा

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 127 पटक पढिएको
  • कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार

    कास्की / गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुग्नेलाई हिजो रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबा

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 151 पटक पढिएको
  • सामाजिक सुरक्षा कोषमा तीन लाख मानिस आवद्ध

    काठमाडौँ  / सामाजिक सुरक्षा कोषले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । कोषको स्थापना २०६७ सालमा भए पनि औपचारिक शुभारम्भ गत वर्षको मङ्सिर ११ गतेदेखि भएको हो ।निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको थियो । कोषले आफ्नो दिवसका अवसरमा विभिन्न तीन ठाउँ काठमाडौँ, बुटवल र विराटनगरमा एकैसाथ ६० जनालाई पेन्सन वितरण गर्दैछ ।कोषका अनुसार यसअघि ११४ जनालाई वितरण गरिसकेको कोषले शनिबार ६० जनालाई पेन्सन दिन लागेको हो । कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले मृत्यु

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 114 पटक पढिएको
  • ‘औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकता दिइने’

    काठमाडौँ / सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । उद्योगलाई स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पूरा नहुने भन्दै उद्योगका लागि आवश्यक पूर्वाधारलाई पहिलो प्राथमिकता दिने भएको हो । सातौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले आयोजना गरेको अन्तरक्रियामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने उल्लेख गरे । उनले भने, –“औद्योगिक क्षेत्र वा

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 113 पटक पढिएको
  • बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

    काठमाडौँ /  नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परे

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 111 पटक पढिएको
  • आजपनि घट्यो सुनको मूल्य

    काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो ।त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 222 पटक पढिएको
  • नागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मृत्यु भुक्तानी

    काठमाडौं / नागरिक लगानी कोषले कोरोना भाइरसबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ । कोभिड –१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरूलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मृत्यु भएकाहरूका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधि

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.