जीवनशैली

    Showing 121-130 of 350 items.
  • दार्चुलाको छाङ्गरुमा बाढीले तीन काठे पुल बगायो, गोरेटो र पाइपलाइन समेत क्षति

    दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ। बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाउनुको साथै पैदल यात्रा गर्ने गोरेटो बाटो समेत कटान गरेको छ।खाने पानीको पाइप समेत बगाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्डमा टोली परिचालन भएको छ।सञ्चार सम्पर्क नभएका कारण थप विवरण प्राप्त हुन नसकेको पनि डीएसपी थापाले बताए। 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 347 पटक पढिएको
  • मुगुमा बालविवाह कायमै

    मुगु – नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बाल विवाह गरि आमा बन्नेहरुको संख्या बढ्दो छ । जिल्ला अस्पातलबाट सुरक्षित प्रसूति हुने र सुरक्षित गर्भपतन गराउनेको संख्या सबै बन्दा बढी २० बर्ष मुनिका किशोरीहरुको संख्या रहेको देखिन्छ ।आर्थिक वर्ष ०८१÷०८२ मा जिल्ला अस्पतालमा जम्मा २ सय २९ जनाले सुरक्षित सुत्केरी भएका छन भने यसमा ४५ प्रतिशत २० बर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढी रहेको पाइन्छ ।जिल्ला अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेहरुको संख्या विगतका भन्दा पछिल्ला बर्षहरुमा झन बढ्दो अवस्थामा छ । आर्थिक बर्ष ०८१।०८२ सालम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 558 पटक पढिएको
  • झापामा जंगली हात्तीको आक्रमण : चार घर र खेतबारीमा क्षति

    झापा – झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीको आक्रमणले चारवटा घर र खेतबारीमा क्षति पुर्‍याएको छ।गएराति साढे १२ बजेतिर दुईवटा जंगली हात्तीले स्थानीयवासीका घर तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हात्तीले नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको दुई मन धान खाएको प्रहरीले जनाएको छ।सुनिता तामाङको पाँच कठ्ठा खेतमा लगाएको धान खाँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जितबहादुर मगरको पनि पाँच कठ्ठा खेतमा लगाइएको धान हात्तीले नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 450 पटक पढिएको
  • कञ्चनपुरमा ३९ छाउगोठ भत्काइयो

    कञ्चनपुर — कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।गत असार महिनामा कृष्णपुर नगरपालिका निवासी कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएपछि प्रशासनले कडा कदम चालेको थियो। सो घटनापछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो।त्यसअनुसार विभिन्न पालिकाले अभियान चलाउँदै हालसम्म ३९ छाउगोठ हटाइसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 479 पटक पढिएको
  • एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना,१०६ पत्रकार पीडित

    काठमाडौँ —गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।समीक्षा अवधिमा बागमती

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 568 पटक पढिएको
  • बाढिपहिरोको उच्च जोखिममा ओलेना बस्ती, स्थानान्तरणको पर्खाइमा स्थानीय

    बाजुरा – बाजुराको बडिमालिका नगरपालिका ४ मा रहेको ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नदीको कटानले बस्ती उच्च जोखिममा परेको हो ।वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन् । बाढिपहिरोबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन् । बस्ती स्थानान्तरणको पर्खाइमा रहेका यहाँका स्थानीयको आशा अधुरै रहेको छ । बर्षाैदेखि बस्ती बाढि पहिरोको उच्च जोखिममा रहेको भए पनि स्थानान्तरण भने हुन सकेको छैन् । ओलेना बस्ती एक उदाहरण मात्रै हो । बाजुराका कयौं घर बस्ती बाढिपहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढि गाउँ बस्ती उच्च जोख

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 428 पटक पढिएको
  • छुसाङ खण्डमा पहिरो, जोमसोम–कोरला सडक पूर्णरूपमा अवरुद्ध

    काठमाडौं — जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 424 पटक पढिएको
  • फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोग

    काठमाडौं, २८ साउन । छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ ।महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल जस्तो देखिने चीजले छाला सफा मात्र गर्दैन् तर दागलाई बिस्तारै हल्का बनाउँछ।फिटकिरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एस्ट्रिजेन्ट गुण हुन्छ । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, मृत कोशिकाहरू हटाउँछ, छिद्रहरू कम गर्छ र छालालाई टोन दिन्छ। यसको प्रयोगले छालामा जम्मा भएको फोह

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 253 पटक पढिएको
  • पोखरामा ट्होंटे पर्वको रौनक, तीन पालिकामा सार्वजनिक बिदा

    पोखरा  – गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ आज धूमधामले मनाइदैछ । ट्होंटेको अवसरमा कास्कीका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् । तीनवटै पालिकाले आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन् । ट्होंटे गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट गाउँ बस्तीलाई बचाउनका लागि मनाउने गर्छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार ट्होंटे मनाउने चलन छ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 337 पटक पढिएको
  • सप्तकोसीमा पानीको बहाव बढ्दै, १९ ढोका खुला, रातो बत्ती बालियो

    पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उनले बताए।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 389 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा