काठमाडौं— आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्द
रामेछाप— आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले घर घरमा गएर बिरामी जाँच गर्न सुरु गरेको छ ।चिकित्सालयले साप्ताहिक रूपमा घरदैलो स्वास्थ्य शिविर अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरू घर घरमा गएर बिरामीको सामान्य स्वास्थ्य जाँच गरी उपचार गर्नुपर्ने बिरामीलाई चिकित्सालयमा बोलाउन लागेका छन् ।यसरी घरदैलोमा गएर स्वास्थ्य जाँच गर्दा चिकित्सालयले दिने सेवाको बारेमा नागरिकको जानकारी पनि पाउने र रोग लागेका बिरामीहरूले समयमा नै उपचार पाउने भएकाले यो अभियान सञ्चालन गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए । कार्यालयमा बसेर बिरामी कुरिरहनु भन्दा घरमा नै गएर सेवा दिँदा रोगीको पह
कञ्चनपुर— जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने जनाएको छ ।स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको शीतलहर पूर्वतयारी योजनाअनुसार भीमदत्त नगरपालिकामा एक हजार ३५०, बेदकोट नगरपालिकामा एक हजार २५०, शुक्लाफाँटामा एक हजार ५५०, कृष्णपुर नगरपालिकामा नौ सय, बेलडाँडी गाउँपालिकामा आठ सय ८०, पुर्नवास नगरपालिकामा आठ सय ५०, दोधारा चाँदनी नगरपालिकामा आठ सय ५०, बेलौरी नगरपालिकामा पाँच सय र लालझाडी
काठमाडौं— नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् ।सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् । र मानिसको कुनैपनी अवस्थाले उसको जिवनमा बाधा ल्याउने छैन भनेर देखाईन ।स्पाईनल बाईफिडा शारीरिक अपाङ्गता हुँदाहुँदै पनि देवकोटाले बन्जी जम्प गरेर समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी समेत हुन् र अपाङ्गता भयका व्यक्तिलाई विभिन्न सामाजिक कार्य गरि उदाहरण समेत बनिरहेकी छन् ।उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समा
काठमाडौं— कलाकार रविन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको तस्बिर समेटेर तयार पारेको विशेष पेन्टिङ संसद भवन अगाडि प्रदर्शनमा राखिएको छ। उक्त पेन्टिङमार्फत जेनजी आन्दोलनसँग जोडिएका घटनालाई दीर्घकालसम्म स्मरणीय बनाउने उद्देश्य राखिएको बताइएको छ।सार्वजनिक स्थलमा राख्न मिल्ने गरी निर्माण गरिएको यो पेन्टिङले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्ने प्रयास गरेको छ। हाल संसद भवन अगाडि राखिएको पेन्टिङ अवलोकन गर्न सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको छ।पेन्टिङ अवलोकन गर्न आउनेहरूले श्रद्धाञ्जलीस्वरूप फूल अर्पण गर्नुका साथै आफ्ना भावना शब्दमार्फत व्यक्त
काठमाडौं— पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार आयोजना गरिएको एकदिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा साढे चार सयभन्दा बढीले सेवा लिएका छन्। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजनामा तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।शिविरमा सहभागी ४५० भन्दा बढी सेवाग्राहीमध्ये पाँच जनामा गम्भीर मुटुसम्बन्धी समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं पठाइएको वडा नम्बर १२ का अध्यक्ष झलक रिमालले जानकारी दिए।आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोगको उपचार गर्न नसकेका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको थियो। शिविरमा
काठमाडौं— अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा देखिएका दृश्यहरूले अपाङ्गता भएका व्यक्तिहरूको वास्तविकता फेरि एकपटक समाजको अगाडि ल्याएको छ। कोही ह्वीलचेयरमा बसेर सडकको धुलो–धुवासँग जुझिरहेका छन् भने कोही गरिबी, रोजगारीको अभाव र अवसर नपाइने वातावरणका कारण सडकमै माग्दै बाँच्न बाध्य छन्।यी दृश्यहरूले अपाङ्गता केवल व्यक्तिगत कठिनाइ मात्र नभई समाजले अझै समाधान गर्न बाँकी राखेको संरचनागत समस्या भएको स्पष्ट संकेत गर्छ। पहुँचयोग्य पूर्वाधारको कमी, शिक्षा–रोजगारीमा अवसर अभाव, र सामाजिक दृष्टिकोणमा रहेका पूर्वाग्रहहरू उनीहरूको जीवनयात्रालाई अझ कठिन बनाइरहेका छन्।विशेषज्ञहरूका
एजेन्सी— पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग–४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा गम्भीर अवस्था मानिएको छ ।पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुँदा मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वासस
काठमाडौं— काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार)चिसो झन् धेरै बढेको छ ।काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।यस्तै ,आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।त्यस्तै ,आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.