काठमाडौं— वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । उनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।सो अवधिमा २४ घण्टे अवधिभित्र सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिट
काठमाडौं— सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।उनले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए । ‘आज बाट नै काम सुरु भएको छ । गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्न सक्छ ।’ महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने ।
काठमाण्डौ । इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना, सन्दकपुर गाउँपालिकामा ६ जना गरी जम्मा ३७ जनाको मृत्यु भएको हो । हालसम्म सुर्योदय नगरपालिकामामा घाइते हुनेको संख्या २ र माङसेवुङ गाउँपालिकामा ३ जना रहेको छ ।
काठमाडौं । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म २८ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामात्रै ८ जनाको मृत्यु भएको छ ।सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा २ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना ,सन्दकपुर गाउँपालिकामा ३ जना गरी जम्मा २८ जनाको मृत्यु भएको हो । कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
हेटौँडा । वर्षा रोकिएसँगै आज(आइतबार) हेटौँडाको आकाश आंशिक खुलेको छ । विगत केही दिनदेखिको अविरल वर्षापछि आज बिहानदेखि घाम देखिँदा जनजीवन सामान्य बन्दै गएको छ ।सडकमा सवारीसाधनको आवागमन बढेसँगै बजार र गल्लीहरूमा चहलपहल बढेको छ । वर्षाका कारण घरभित्र सीमित रहन बाध्य भएका सर्वसाधारण आज बिहानदेखि दैनिक क्रियाकलापमा फर्किएका छन् । वर्षासँगै प्रभावित भएका सडकहरूमा मर्मत कार्य सुरु हुन थालेको छ भने स्थानीय व्यवसायीले पनि पसलहरू नियमित रूपमा सञ्चालन गर्न थालेका छन् । मौसम विभागका अनुसार आज दिउँसो आंशिक बदली रहने भए पनि हेटौँडामा ठूलो वर्षाको सम्भावना कम रहेको छ ।
विराटनगर । इलाममा बाढीपहिरोका कारण घाइतेहरूलाई उद्धारका लागि पठाइएको नेपाली सेनाको हेलिकप्टरले प्रतिकूल मौसमका कारण अवतरण गर्न नसक्दा उद्धार कार्यमा चुनौती थपिएको छ ।माङसेबुङ–१, गजुरमुखीबाट घाइते लिएर धरानस्थित घोपा क्याम्पतर्फ गइरहेको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न असफल भएको हो । विराटनगरको नोबेल अस्पतालमा ल्याण्ड गर्ने प्रयास पनि असफल भएपछि हेलिकप्टरलाई इटहरी फर्काएर सुरक्षित अवतरण गरिएको छ ।हाल इटहरीमै घाइतेहरूको अवस्था स्थिर राखिएको र मौसम सुधार भएपछि पुनः धरानको घोपा क्याम्प लैजाने तयारी भइरहेको बताइएको छ ।नेपाली सेनाको हेलिकप्टरले पहिरो प्रभावित क्षेत्रबाट गर्भवती महिलासहित घ
वीरगन्ज । अविरल वर्षाका कारण डुबानको समस्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले नौं दलित परिवारलाई सुरक्षित स्थानमा सारेको छ । डुबानमा परी व्यक्तिको ज्यान जाने सम्भावना बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाको वडा नं. १९ का ती परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।घरमा पानी पस्न थालेपछि ज्यानमाथि जोखिम बढेपछि गएराति वीरगन्ज महानगरपालिका–१९ मा पर्ने डुम बस्तीबाट ६ परिवारलाई सोही स्थानमा रहेको भुवनेश्वर धर्मशालामा र ३ परिवारका १३ जनालाई वीरगन्जको लालबंगलामा सारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनले वर्षाले जिल्लाका अधिकांश
काठमाडौं— गएराति परेको चट्याङबाट काभ्रेको पनौती नगरपालिका-३ का राजु सापकोटाको घर जलेर क्षति भएको छ । शनिबार राति चट्याङ परेपछि भएको आगलागीमा परी तेलमालेका सापकोटाको घर पूर्ण क्षति भएको हो । वर्षासँगै परेको चट्याङपछिको आगलागीमा परेर घरमा भएका सुन चाँदी, लत्ताकपडा र अन्नपातसहितका सबै सामग्री नष्ट भएको सापकोटाले बताए । २०७२ सालको भूकम्पपछि सापकोटाले ज्याला मजदुरी गरेर बनाएको घर चट्याङपछि आगलागीमा परेको हो । सापकोटाले ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्दै आएका छन् । उनको परिवारमा श्रीमती, एक छोरा
रसुवा— रसुवाको लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट शुक्रवार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो।गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा १६ जनामध्ये चार जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।उनका अनुसार बेपत्ता हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ का २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ छन्।
वीरगन्ज । हिजो (शुक्रबार) रातिदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण वीरगन्ज सहर पोखरीमा परिणत भएको छ। प्रमुख सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बाढी र डुबानको असर देखिएको छ।वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ। स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरीबहादुर बस्नेतका अनुसार, वीरगन्ज बसपार्कस्थित प्रहरी चौकी, माईतीनेपालको बिट कार्यालय र शिर्सियास्थित मानव सेवा आश्रममा पानी प्रवेश गरेपछि त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.