खेलकुद

    Showing ९१-१०० of १,६४७ items.
  • अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३–० पराजित गरेको छ । राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । यसैगरी ६६ औं मिनेटमा पेड्रोले गोल गरे । खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।यो जितसँगै स्पेन विश्वकपका अन्तिम १६ मा प्रवेश गरेको छ । 

    • प्रकाशित मितिः असार १९, २०८३
    • ७१९ पटक पढिएको
  • अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    काठमाडौँ। अस्ट्रियालाई  पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले  पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल  गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न  सकेको थिएन ।स्पेनले खेलको  ३६औँ  मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको  ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर

    • प्रकाशित मितिः असार १९, २०८३
    • २७६ पटक पढिएको
  • जितको उत्सव मनाउँदा तीन जनाको निधन

    लन्डन— मेक्सिकोको ऐतिहासिक जितपछि लाखौं समर्थक सडकमा खुशीयाली मनाउन उत्रेको क्रममा तीन जनाको ज्यान गएको छ । २०२६ फिफा विश्वकपमा मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई २–० ले हराएको हो । यो जितपछि खुशीयाली मनाउने क्रममा लाखौं समर्थकहरू एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरपर जम्मा भएका थिए ।अत्याधिक भीडका कारण मानिसहरू एकअर्कामाथि थिचिँदा ४४ वर्षीय एक पुरुष र १९ वर्षीया एक महिलाको घटनास्थलमै निधन भएको थियो । एक जना ४८ वर्षीया महिलाको भने उपचारको क्रममा अस्पतालमा निधन भएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका थिए ।इक्वेडरमाथिको जित सहआयोजक मेक्सिकोको लागि विशेष मानिएको छ । सन् १९८६ पछि पहिलोपटक विश्वकपको

    • प्रकाशित मितिः असार १८, २०८३
    • ४७५ पटक पढिएको
  • विश्व खेलकुद पत्रकार दिवस मनाइँदै

    काठमाडौं । आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ एआइपिस स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । खेलकुद विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ ।खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो । 

    • प्रकाशित मितिः असार १८, २०८३
    • २६७ पटक पढिएको
  • फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    काठमाडौँ। बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज  भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान पक्का गरेको हो ।अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान  एक एक गोल गरे । खेलको  ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६४ औँ मिनेटमा  फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान  बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि पनि अमेरिकाले खेलको ८२औ

    • प्रकाशित मितिः असार १८, २०८३
    • ३३२ पटक पढिएको
  • इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    काठमाडौँ। इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान  ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो । खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई  पहिलो अग्रता दिलाए  ।  त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको  बराबरीमा ल्

    • प्रकाशित मितिः असार १८, २०८३
    • ४७३ पटक पढिएको
  • इक्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो । इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ । 

    • प्रकाशित मितिः असार १७, २०८३
    • ४४२ पटक पढिएको
  • मुख छोपेर गाली गरेको भन्दै इक्वेडरका खेलाडीलाई रेडकार्ड

    काठमाडौं— वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक रेड कार्ड दिइएको छ । घरेलु टिम मेक्सिकोविरुद्धको खेलमा इक्वेडरका पियरो हिनकेपीले रेड कार्ड खाएका हुन् ।खेलको अतिरिक्त समयको पनि अन्तिमतिर हिनकेपी बाहिरिएका थिए, जतिबेला मेक्सिकोको जित निश्चित भइसकेको थियो । भिडिओ एसिस्टेन्ट रेफ्रीको सहारामा अम्पायरले रेडकार्ड दिने निर्णय गरेका हुन् ।फुटबलको नयाँ नियम अनुसार विपक्षी खेलाडीहरुसँग भनाभनका क्रममा कसैले मुख छोपेर बोलेको खण्डमा अम्पायरले रेडकार्ड दिन सक्छन् ।मुख छोपेर अश्लिल वा जातीय गाली गर्ने प्रवित्तिलाई रोक्न यो नियम लगाइएको हो । यो विश्वकपमा पह

    • प्रकाशित मितिः असार १७, २०८३
    • ५३० पटक पढिएको
  • विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ । 

    • प्रकाशित मितिः असार १७, २०८३
    • ५६७ पटक पढिएको
  • विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत आज राति २ः४५ बजे फ्

    • प्रकाशित मितिः असार १७, २०८३
    • ४४० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.