काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३–० पराजित गरेको छ ।
राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । यसैगरी ६६ औं मिनेटमा पेड्रोले गोल गरे ।
खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।
यो जितसँगै स्पेन विश्वकपका अन्तिम १६ मा प्रवेश गरेको छ ।






































