खेलकुद

    Showing 1,031-1,040 of 1,506 items.
  • सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौं /  १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइँदै छ । चार दिनअघि पक्राउ परेपनि सार्वजनिक बिदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन । दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो ।सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए । उनले आत्मसपर्मण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गर

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 154 पटक पढिएको
  • क्रिकेटर लामिछाने जिल्ला अदालतमा, म्याद थप गर्ने तयारी

    काठमाडौँ / बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत लगेको छ ।एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई सोमबार बिहान कार्यालय खुल्नेबित्तिकै प्रहरीले जिल्ला अदालत काठमाडौँमा लगेको हो ।अदालतमा म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन्।यसअघि दशैँ बिदाका कारण प्रहरीले म्याद थप गर्न सकेको थिएन । सोमबार अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरिने

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 180 पटक पढिएको
  • क्रिकेटर लामिछाने विमानस्थलबाटै पक्राउ, गौशाला वृतमा राखेर अनुसन्धान गरिने

    झापा / राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि उनी पक्राउ परेका हुन् । सीपीएल खेलका लागि जमैका पुगेका लामिछानेले बलात्कार गरेको उजुरी परेको थियो । कतार हुँदै नेपाल फर्कने क्रममा आज (बिहीबार) बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएको हो ।अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर लामिछानेलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ । लामिछानेले हतकडी नलगाई लैजान आग्रह गरेको थियो । तर, प्रहरीले भने उनको आग्रहलाई अस्

    • प्रकाशित मितिः असोज २०, २०७९
    • 202 पटक पढिएको
  • टी –२० विश्वकपका विजेताले १६ लाख अमेरिकी डलर पाउने

    झापा / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले १६ अक्टोबर देखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने आईसीसी टी –२० विश्वकपका लागि पुरस्कार राशि घोषणा गरेको छ ।आइसिसीका अनुसार विजेताले १६ लाख अमेरिकी डलर पाउने भएको छ भने उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउनेछ ।सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ४ लाख डलर पाउनेछन् । सुपर १२ बाट बाहिरिनेले ७० हजार पाउनेछन् ।त्यसैगरी, सुपर १२ तथा पहिलो चरणमा प्रत्येक एक खेल जित्नेलाई ४० हजार डलर प्रदान गरिने आइसिसी जनाएको छ । पहिलो चरणबाटै बाहिरिने टोलीले ४० हजार डलर पाउनेछन् ।

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 191 पटक पढिएको
  • फुटसलको उपाधि ईन्द्रचन्द्र क्याम्पसलाई

    बिर्तामोड  / नेविसंघ झापाद्वारा सञ्चालित दुई दिवसीय अन्तर क्याम्पस फुटबल खेलको उपाधि  बिर्तामोडस्थित ईन्द्रचन्द्र क्याम्पसले हात पारेको छ । यो सँगै उक्त क्याम्पसले नगद १६ हजारसहित  ट्रफी मेडल, र प्रमाणपत्र हात पारेको छ ।प्रतियोगितामा  बिर्तामोडकै कन्काई आदर्श क्याम्पस द्वितीय भएको छ । कन्काईले नगद ११ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।  अन्तर क्याम्पस खेलमा १५ वटा टिम सहभागी थिए । खेलको उद्घाटन कार्यक्रम नेविसङ्घ झापाका सभापति राजेन्द्र उप्रेतीको सभापतित्व एवं पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य केशव कुमार बुढाथोकीको प्रमुख आतिथ्य र&nb

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 175 पटक पढिएको
  • सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी (भिडियाेसहित)

    झापा / नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ ।सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्ने

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 215 पटक पढिएको
  • भोलीबाट मोरङमा जीवन विकास गोल्डकप फुटबल हुने

    विराटनगर / मोरङमा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा जहदा गाउँपालिका – ३ मा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा मोरङ जिल्लाको ८ वटा टिमको सहभागिता हुने बताएको छ । आयोजकका अनुसार प्रतियोगितामा पशुपति युवा क्लब दादरबैरिया, हात्तीबन्धा युवा क्लब भाथिगछ, लालीगुँरास स्पोर्टिङ्ग क्लब रानी विराटनगर, रानी युवा क्लब मिल्स एरिया, लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा -३, लक्ष्मीनियाँ युवा क्लब, महराजी युवा क्लब बैरिया भीमपुर र स्मार्ट जहदा समाज जहदाको सहभागीता रहने छ ।जी

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 347 पटक पढिएको
  • डी मारियालाई किन दुई खेल खेल्न लगाइयो प्रतिबन्ध ?

    झापा / इटालियन क्लब युभेन्ट्सबाट खेल्ने अर्जेन्टाइन विंगर एंगेल डी मारियाामाथि दुई खेलको प्रतिबन्ध लगाएको छ । इटालियन सिरी ए लिगले उनीमाथि दुई खेल प्रतिबन्ध लगाएको हो ।दुई दिनअघि सिरी एमा युभेन्टसले मोन्जासँग अवे मैदानमा खेल्दा विपक्षी खेलाडीलाई कुइनाले हानेपछि डी मारियाले रातो कार्ड खाएका थिए । समान्यतया, रातो कार्ड खाएपछि खेलाडीमाथि स्वतः एक खेल प्रतिबन्ध लाग्छ ।यद्यपि, सिरी एले जानाजान विपक्षी खेलाडीमाथि हात हालेको निष्कर्ष निकाल्दै डी मारिया माथि थप एक खेल प्रतिबन्ध लगाएको हो ।होण्डुरस र जमैकासँगका दुई मैत्रीपूर्ण खेलका लागि डी मारिया यतिबेला अमेरिकाका छन् । उनले अर्जेन्टिनाबाट भने खेल्न प

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 163 पटक पढिएको
  • उरुग्वेली वर्ष खेलाडी अवार्ड भाल्भेर्डेलाई

    एजेन्सी / स्पेनिस क्लब रियल मेड्रिडका मिडफिल्डर फेडरिको भाल्भेर्डेले उरुग्वेली वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् । उनले उरुग्वेको सबैभन्दा प्रतिष्ठित र ४९ वर्ष पुरानो चाररुआ डे ओरो एथ्लिट अफ दि इयर अवार्ड जितेका हुन् । २४ वर्षीय भाल्भेर्डेले गत सिजनदेखि रियलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको थियो ।च्याम्पियन्स लिगको फाइनलमा भोल्भेर्डेकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका थिए ।यो सिजन पनि भाल्भेर्डेले सबै रियलका लागि यो सिजन स

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 193 पटक पढिएको
  • सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीको तयारी

    काठमाडौँ / बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताएका छन् ।‘इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको छ’, आईजीपी सिंहले भने । केही दिन अघि एक १७ वर्षीय किशोरीले सन्दीप विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बत

    • प्रकाशित मितिः असोज २, २०७९
    • 269 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.