खेलकुद

    Showing १,१५१-१,१६० of १,६४७ items.
  • पाकिस्तान टी –२० विश्वकपको सेमिफाइनलमा

    झापा / बङ्गलादेशलाई हराउँदै पाकिस्तान आइसीसी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार एडिलेड ओभलमा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बङ्गलादेशलाई ५ विकेटले पराजित गरेको हो । समूह –२ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । बङ्गलादेशले दिएको १ सय २७ रनको लक्ष्य पाकिस्तानले १८/ १ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र बाबर आजमले क्रमशः ३२ र २५ रनको योगदान गरे । मोहम्मद हरिसले २ छक्का र १ चौकाको मद्दतमा ३१ रन जोडे ।बंगलादेशका लागि मुस्ताफिजुर रहमान, नसुम अहमद, शकिब अल हसन र इबादोत हुसेनको नाममा एक–एक विकेट रह्यो ।यसअघि टस जितेर पहिला

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • २२३ पटक पढिएको
  • फुटबलको विश्व महासंग्राम मानिने विश्वकपमा विवाद कायमै

    एजेन्सी / कतारमा हुन गइरहेको विश्वकपको २२ औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । फुटवलको विश्व महासंग्राम मानिने विश्वकप सुरु हुन दुई साता बाँकी हुँदा विवाद भने कायमै छ । विशेषगरी कतारको कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ । इस्लामिक शरीया कानुनअन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी मानिन्छ । यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना मात्र नभएर सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुनसक्छ । बीबीसीले उल्लेख गरेअनुसार कतार विश्वकपका आयोजकले उक्त देश घु

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • २३५ पटक पढिएको
  • सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

    काठमाडौँ  / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली लगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार लामिछानेविरुद्ध १० द

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • १९९ पटक पढिएको
  • सन्दीप लामिछानेको बहस सकियो , केहीबेरमै आदेश आउने

    काठमाडौँ / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।  सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • ३०७ पटक पढिएको
  • यू -१५ महिला साफ च्याम्पियनसिपमा आज भुटान र नेपाल बिच प्रतिष्पर्धा

    काठमाडौँ / यू -१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पहिलो खेल खेल्दैछ । बङ्गलादेशमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पहिलो खेलमा बङ्गलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उ

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • ३१५ पटक पढिएको
  • सन्दीप लामिछाने प्रकरण : आजबाट थुनछेक बहस सुरु हुँदै

    काठमाडौं / १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ ।मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये एउटा आदेश गर्नेछ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारी लगायतले बहस गर्दैछन् । सन्दीप विरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • १९७ पटक पढिएको
  • सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    झापा  / बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरूद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदा भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो ।प्रहरीका

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • २५८ पटक पढिएको
  • प्याराग्लाइडिङ उडान आजदेखि खुला, स्वास्थ्य परिक्षण गरेकाले मात्र खेल्न पाइने

    झापा / नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए । प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • २१० पटक पढिएको
  • सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप

    काठमाडौं / बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ ।अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद गरेको हो ।यसअघि जिल्ला अदालत काठमाडौँले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिए

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • २३० पटक पढिएको
  • प्याराग्लाइडिङबाटै ज्यान गुमाएका खेलाडी निसिमलाई मानार्थ स्वर्ण पदक (भिडियो सहित)

    झापा / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ ।निसिमको अर्धकदको शालिक राखिने भएको छ । पोखरा रङ्गशालामा उनको सालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप सालिक बनाउने नि

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • १९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.