खेलकुद

    Showing १,१९१-१,२०० of १,६४७ items.
  • फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

    काठमाडौँ / विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।फिफाले शुक्रबार भारतको फुटबल सङ्घलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी ११–३० अक्टोबरमा भारतमै हुनेछ।त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ। फिफाले अगस्ट १५ मा एआईएफएफ माथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो।

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • २४१ पटक पढिएको
  • मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिगमा पिएसजीको सुरुवात

    एजेन्सी / लियोनल मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार सुरुवात गरेको छ ।नयाँ सिजनको फ्रेन्च लि वानमा क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित पिएसजीले नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको हो । पिएसजीको जितमा मेसीले दुई गोल र एक असिस्ट तथा नेयमारले तीन असिस्टसँगै एक गोल गरेका थिए। थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसले गरे ।गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।खेलको नबौं मिनेटमा नेमारले मेसीको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाए । यस्तै

    • प्रकाशित मितिः साउन २२, २०७९
    • ३०८ पटक पढिएको
  • पुनः इंग्लिस टेस्ट टोलीमा जाँदै रोबिन्स

    एजेन्सी / इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको सुरुवाती दुई खेलका लागि तीब्र गतिका बलर ओली रोबिन्सनलाई टोलीमा बोलाएको छ ।ढाडको चोटका कारण यो वर्षको सुरुवातमा वेस्ट इन्डिजको भ्रमण पछि इंग्ल्याण्डका लागि नखेलेका रोबिन्सन गत हप्ता काउन्टी च्याम्पियनसिपमार्फत मैदान र्फिएका थिए । जेमी ओभरटनले चोटका कारण खेल्न नसक्ने भएपछि रोबिन्सनले १४ सदस्यीय टोलीमा स्थान बनाएका हुन् । घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिज खेल्नेछ । रोबिन्सनले इंग्ल्याण्डका लागि नौ टेस्टमा ३९ विकेट लिएका छन् । त्यस्तै, विकेटकपर साम बिलिङ्सको स

    • प्रकाशित मितिः साउन १८, २०७९
    • ३४३ पटक पढिएको
  • भारत्तोलन खेलाडी भण्डारी ओलम्पिक छात्रवृत्तिका लागि छनोट

    बिर्तामोड  / सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि भारत्तोलन खेलका सागर भण्डारी ओलम्पिक छात्रवृत्तिका लागि छनोट भएका छन् । नेपाल ओलम्पिक कमिटीले भारत्तोलन संघको सिफारिसमा १०९ केजी मुनि तौलसमूहका भण्डारीलाई ओलम्पिक छात्रवृत्तिका लागि छनोट गरेको हो । ओलम्पिक छात्रवृत्तिका लागि उनीसहित विभिन्न १० खेलका १० खेलाडीहरु पनि छनोट भएका छन् । छनोट हुनेमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्

    • प्रकाशित मितिः साउन १२, २०७९
    • १७६ पटक पढिएको
  • ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

    बिर्तामोड / नेपाल ओलम्पिक कमिटीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलाडीलाई ओलम्पिक छात्रवृत्तिका लागि छनोट गरेको छ । सम्बन्धित खेल संघको सिफारिसमा कमिटीले विभिन्न १० खेलका १० खेलाडीलाई छनोट गरेको हो । ओलम्पिक छात्रवृत्तिका लागि टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्मिता नेपाल (१० मिनेटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजी मुनि), डान्स स्पोर्ट्सका दीपक लामा (बी ब्वाइङ), ग

    • प्रकाशित मितिः साउन ११, २०७९
    • १९९ पटक पढिएको
  • आर्सनलसँग चेल्सीको फराकिलो हार

    काठमाडौं / इङ्लिस प्रिमियर लिगको प्रिसिजनको मैत्रीपूर्ण खेलमा आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा आइतबार बिहान खेलिएको खेलमा आर्सनलले चेल्सीलाई ४–० गोलले हरायो ।आर्सनलको जितमा गाब्रियल जेससले १५औं, मार्टिन ओडेगार्डले ३६औं, बुकायो साकाले ६६औं र अल्बर्ट साम्वी लोकंगाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । यसैगरी प्रिसिजन अन्तर्गत अमेरिकामै भएको अर्को खेलमा स्पेनिस ला लिगाका प्रतिस्पर्धी बार्सिलोनाले रियल म्याड्रिडमाथि १–०  गोलको कठिन जित निकालेको छ ।बार्सिलोनाको जितमा राफिन्हाले निर्णायक गोल गरे । राफिन्हाले २७औं मिनेटमा गरेको गोल टोलीको जि

    • प्रकाशित मितिः साउन ८, २०७९
    • २३० पटक पढिएको
  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

    काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।मुख्य प्रशिक्षक दाशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका छन्। उनले दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएको ८ महिनामै राजीनामा दिएका हुन्। गत वर्ष मङ्सिरमा उनी मुख्य प्रशिक्षक नियुक्त भएका थिए।उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक थिए। नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेल्दा पुबुदु नै प्रशिक्षक थिए।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • १८४ पटक पढिएको
  • एन्फा अध्यक्ष नेम्वाङ अस्पतालमा भर्ना, कार्यसमिति बैठक स्थगित

    काठमाडौँ / एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । आज दिउँसो तीन बजे बोलाइएको बैठक अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी हुँदा स्थगित भएको हो ।एन्फाका महासचिव किरण राईका अनुसार अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । सोही कारण अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको महासचिव राईले जानकारी दिए ।आज स्थगित भएको बैठकमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप बारे छलफल हुने जनाइएको थियो ।पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्द

    • प्रकाशित मितिः साउन २, २०७९
    • २७६ पटक पढिएको
  • आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

    काडमाडौँ  / नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।टिटवुड ग्लास्गोमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपालले टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।तर, प्रतियोगितामा सबैभन्दा बलियो टोली मानिएको स्कटल्यान्डलाई हराउन भने सहज छैन । स्कटल्यान्ड घरेलु मैदानमा लगातार दोस्रो जित चाहिन्छ ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • ४२१ पटक पढिएको
  • एन्फा कार्यसमितिको बैठक साउन पहिलो सातामा बस्ने

    काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो सातामा बस्ने भएको छ । एन्फाको कार्यसमिति बैठक २ साउनमा बस्ने एन्फा महासचिव किरण राईले जानकारी दिए ।राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्नसक्ने महासचिव र

    • प्रकाशित मितिः असार २६, २०७९
    • २१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.