खेलकुद

    Showing १,२०१-१,२१० of १,६४७ items.
  • एकदिवसीय सिरिज : क्यानडासँग नेपाल पराजित

    काठमाडौं / क्यानडा विरुद्धको एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । किङ सिटी स्टेडियममा बुधवार राति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलील

    • प्रकाशित मितिः असार २३, २०७९
    • ३३३ पटक पढिएको
  • यू– २० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

    झापा / भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीमध्ये ११ खेलाडी बाहिरिएका हुन् । मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडी बाहिर राख्दै ३० खेलाडीलाई प्रशिक्षणमा राखेको एन्फाले जनाएको छ ।साफ यू–२० च्याम्पियनसिप भारतमा हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बङ्गलादेशले खेल्नेछन् । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा जुलाई २५ मा उद्घा

    • प्रकाशित मितिः असार १९, २०७९
    • १९० पटक पढिएको
  • नेपालको फिफा वरीयता ८ स्थान तल खस्कियो

    झापा / फुटबलको सर्वोच्च निकाय विश्व फूटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल आठ स्थान तल खस्किएको छ।गत मार्चमा जारी भएको वरीयता भन्दा आठ स्थान तल झर्दै फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६औं स्थानमा छ। यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पह

    • प्रकाशित मितिः असार ९, २०७९
    • १८९ पटक पढिएको
  • एसीसी टी–२० च्याम्पियनसिपः आज नेपाल र कुवेत भिड्दै

    काठमाण्डौ  / एसीसी महिला टी –२० च्याम्पियनसिपमा नेपाल र कुवेत भिड्दैछन् । खेल मलेसियाको किनरा मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ ।नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको २ अङ्क छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो ।कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ । च्याम्पियनशिपमा १० टोली सहभागी छन् । टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ ।उक्त समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मङ्गलबार हङकङसँग खेल्नेछ ।फाइनल पुग्ने टोली महिला टी–ट्वान्टी एसिया कप

    • प्रकाशित मितिः असार ४, २०७९
    • २२० पटक पढिएको
  • एसीसी महिला टी–२० च्याम्पियनसिपमा भुटान नेपालसँग ५० रनले पराजित

    झापा / एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभरमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले भुटानलाई ५० रनले हराएको हो ।  नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १/१ विकेट लिए ।९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान

    • प्रकाशित मितिः असार ३, २०७९
    • २०८ पटक पढिएको
  • आइसिसी विश्वकप लिग–२ : अमेरिकासँग नेपाल ३९ रनले पराजित

    काठमाडौँ / आइसिसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो।अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो।आइसिसी विश्वकप लिग –२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अंक जोडेको छ। नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ।

    • प्रकाशित मितिः असार २, २०७९
    • ३४८ पटक पढिएको
  • कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि ३२ टोलीको नाम टुंगो लाग्यो

    एजेन्सी / यसै वर्ष कतारमा हुने विश्वकप फुटबल २०२२ खेल्ने सम्पूर्ण टोलीको टुंगो लागेको छ । न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका फिफा विश्वकप फुटबल –२०२२ मा छनोट भएपछि सबै देशको टुंगो लागेको हो ।अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति न्युजिल्यान्डलाई १–० गोल अन्तरमा हराउँदै कोस्टारिका छैठौं पटक विश्वकपमा छनोट भएको हो । कतारको दोहास्थित ऐमद बिन अली रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गरे । ६९ औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटियो । त्यसपछि न्युजिल्यान्डको खेलमा फर्कन सकेन ।कोस्ट

    • प्रकाशित मितिः असार १, २०७९
    • २९२ पटक पढिएको
  • आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग १३ रनले पराजित

    काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४, रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए ।  विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र नेपाली सिनियर टोलीका डेब्यु गरेका सुनिल धमलाले १२ तथा करण केसीले ८ रन जोडे ।  यस ह

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १७२ पटक पढिएको
  • यू–१९ महिला टी–ट्वान्टी छनोटको अन्तिम खेलमा मलेसियामाथि नेपालको जीत

    काठमाडौँ / आईसीसी १९ वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसिया विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जीत हासिल गरेको छ । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । नेपाल छनोटमा ६ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो ।  नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (यूएई) १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्याण्डसँ

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • २०४ पटक पढिएको
  • एमबाप्पे बने विश्वकै सबैभन्दा मूल्यवान खेलाडी

    एजेन्सी / कायलियन एमबाप्पे, भिनिसियस जुनियर र अर्लिङ हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । अनुसन्धान समूह सीआईईएस फुटबल अब्जर्भेटरीका अनुसार एमबाप्पे, जुनियर र हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी हुन् । बीबीसीले जनाए अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका २३ वर्षीय खेलाडी एमबाप्पे भने सो सूचीको शीर्ष स्थानमा रहेका छन् । उनको ट्रान्सफर भ्यालु १७५.७ मिलियन पाउण्ड रहेको छ । यता रियल म्याड्रिडका ब्राजिलियन विंगर जुनियरको भ्यालु १५८.३ मिलियन पाउण्ड तथा नर्वेका स्ट्राइकर तथा म्यानचेस्टर सिटीमा आवद्ध हुन लागेका हालान्डको भ्यालु १३०.४ मिलियन पाउण्ड रहेको छ । 

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • १८७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.