खेलकुद

    Showing 1,211-1,220 of 1,639 items.
  • एन्फा चुनावका लागि २९ जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ / आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहानसम्म अध्यक्षमा दुई जनाको सहित २९ जनाको नाम उम्मेदवारी दर्ता भएको हो । आगामी चार बर्से कार्यकालको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । यस अघि २०७४ सालमा दुबै एकै समूहबाट विजय हुँदै नयाँ कार्यसमिति निर्माण गरेका थिए । जुन समूहले चुनावमा ‘क्लिन स्विप’ गरेको थियो । यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 213 पटक पढिएको
  • एन्फा चुनावः अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

    काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बागलुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 192 पटक पढिएको
  • फेयरटेक्स फाइट प्रोमोसनमा नेपालका गुणराजद्वारा म्यानमारका खेलाडी पराजित

    काठमाडौँ / नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले प्रोफेसनल फाइटमा जीत हात पारेका छन् । फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् ।गुणराजले म्यानमारका माङकोन यतितलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 184 पटक पढिएको
  • अझै ३ वर्ष पीएसजीमै रहने एम्बाप्पेको सम्झौता

    एजेन्सी / फ्रान्सेली फरवर्ड केलियन एम्बापे आगामी ३ वर्षका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) मै रहने भएका छन् । लामो समयदेखि एम्पाबे रियल मड्रिड जाने चर्चा चले पनि उनले पीएसजीमै रहने निर्णय गरेका हुन् । एम्पाबेले पीएसजी र रियलमध्ये कुन टोलीलाई रोज्न भनेर दुवै क्लब नै अनविज्ञ थिए । उता रियलले भने क्रिस्टियानो रोनाल्डोले छाडेपछि ठूला खेलाडीलाई क्लबमा भित्राउन सकेको छैन । स्पेनिस क्लबले २० करोड युरोसम्म एम्बाप्पेलाई तिर्न तयार भएको थियो । तर एम्वापेले आगामी सन् २०२५ सम्म लिग वान क्लबमा नै रहने निर्णय गरेका हुन् । एम्बापेले क्लबसँग सम्झौता गर्दै भने, ‘मैले पीएसजीमै रहने निर्णय गरे

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 362 पटक पढिएको
  • ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डा नेपालसँग ३३ रनले पराजित

    काठमाडौँ / युगान्डासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल नेपालले जितेको छ । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा नेपालले युगान्डालाई ३३ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । ६१ बल सामना गरेकी उनले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले १८ रन बनाउँदा सीता राना मगरले १७ रनको योगदान दिइन् । त्यस्तै नेपाललाई युगान्डाले अतिरिक्त २० रन दिएको थियो ।युगान्डाका लागि कोन्सी अवेको र फियोना कुलुमेले १र१ विकेट लिएका थिए

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 279 पटक पढिएको
  • एसियन कप छनोटका लागि अलमुतारीले गरे टिमको घोषणा

    काठमाडौँ / नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टिमको घोषणा गरेका छन् ।प्रशिक्षक अलमुताइरीले घोषणा गरेको टोलीमा गोल रक्षकमा दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा रहेका छन् । त्यस्तै डिफेन्डरमा विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल रहेका छन् भने मिडफिल्डरमा  आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी रहेका छन् । त्यसैगरी अलमुताइरीले फरवार्डमा आयुश घलान, दर्शन गुरुङ, जर्

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 247 पटक पढिएको
  • आइपिएल टि- ट्वान्टी क्रिकेट : हैदराबादसंग मुम्बई इण्डियन्स ३ रनले पराजित

    एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टि- ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले जित निकालेको छ । मुम्बईमा मंगलबार राति भएको खेलमा हैदरावादले मुम्बई इण्डियन्सलाई ३ रनले हराएको छ ।हैदरावादले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९० रन बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाए । टिम डाभिड ४६ रनमा आउट भए । यस्तै ईशान किशनले ४३ रन जोड्दा डानिल साम्सले १५ रन जोडे । रमनदीप सिंह १४ रनमा अविजित रहे । हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । वासिङ्गट्न सुन्दर र भुवनेश्वर कुमारले १ र १ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 159 पटक पढिएको
  • युगान्डाविरुद्धको टी–२० श्रृंखलाका लागि नेपाली टिम सार्वजनिक

    काठमाडौं / युगान्डाविरुद्ध यसै महिना हुने टी –२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय टिम घोषणा गरेको छ । १६ देखि २१ मेसम्म हुने श्रृंखलाका लागि क्यानले बुधबार २२ खेलाडीको सूची सार्वजनिक गरेको हो । नेपालले कीर्तिपुरस्थित टियु मैदानमा पाँच खेल खेल्नेछ । रुबिना क्षेत्रीको कप्तानीमा घोषित टिममा सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय र र

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 271 पटक पढिएको
  • सागकी स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

    काठमाडौँ / नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।चौधरी मंगलबार बिहान मृत फेला परेकी नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार एसियाली खेलकुदको तयारीमा रहेकी चौधरी ललितपुरको महालक्ष्मी नगरपालिका –८ स्थित लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । अघिल्लो दिन मात्र उनी आफ्नो प्रशिक्षकको घरमा भोज खान गएकी र त्यहीँ बसेकी बताइएको छ । नेपालगञ्जकी सञ्जु एसियाली खेलकुदको तयारीका लागि काठमाडौं आएकी थिइन् ।उनले दुई वर्ष अगाडि भएको दक्षिण एसि

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 198 पटक पढिएको
  • आईपीएल : दिल्लीमाथि चेन्नईको शानदार जीत

    एजेन्सी  / चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।यो जितसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७।४ ओभरमा ११७ रन बनाएर आउट भयो ।दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।यसअघि डेभन कोनवेको अर्धशतक र अन

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.