खेलकुद

    Showing 1,261-1,270 of 1,639 items.
  • विश्वकप छनौट : अर्जेन्टिना इक्वेडरसँग बराबरीमा रोकियो

    एजेन्सी / विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अङ्क बाडेको हो ।अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि खेलको अन्तिममा सम्हालिन नसक्दा बराबरीमा चित्ता बुझाउनु पर्यो । अर्जेन्टिनाको लागि जुलियन अल्भारेजले गोल गरे भने इक्वेडरका लागि इननेर भ्यालेन्सियाले गोल फर्काए ।खेलको २४ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनलाई अग्रता दिलाएका थिए । तर इन्ज्युरी समयमा भ्यालेन्सियाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।यो बराबरीसँगै १७ खेलबाट ३९ अङ्क जोडेको अर्जेन्टिना अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । अर्

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 198 पटक पढिएको
  • डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चरणमा प्रवेश

    दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम  चरणमा  प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफे स्थान सुरक्षित गरेको हो । खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 238 पटक पढिएको
  • पीएनजी नेपालसँग १५ रनले पराजित

    काठमाडौँ / त्रिदेशीय टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले हराएको छ ।सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा भएको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो ।पहिले टस जितेर ब्याटिङको नेपालले पीएनजीलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रनमै सीमित हुन पुग्यो ।पीएनजीको जितसँगै नेपालले दुई अंक जोड्न सफ भएको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 192 पटक पढिएको
  • यस्ता छन् हालसम्म विश्वकप छनोट सुचीमा पर्ने २० राष्ट्र

    काठमाडौं /  विश्वकप २०२२ मा छनोट हुने राष्ट्रको संख्या २० पुगेको छ ,भने अब १२ देश छानिन बाँकी छन् । कतारमा हुने विश्वकपमा क्यानडा ३६ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा जमैकालाई ४-० गोल अन्तरले हराउँदै क्यानडा विश्वकपमा सूची  बनाउन सफल भएको हो ।क्यानडासँगै विश्वकपमा छनोट हुने देशको संख्या २० पुगेको हो । यो हप्ता उरुग्वे, इक्वेडर, जापान र साउदी अरेबिया पनि विश्वकपका लागि छनोट भएका थिए ।यता उरुग्वे र इक्वेडर दक्षिण अमेरिका तथा जापान र साउदी अरेबिया एसियाबाट छनोट भएका हुन् ।३२ देश सहभागी हुने विश्वकपमा एसियाली राष्ट्र कतार भने आयोजकको रूपमा सन

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 227 पटक पढिएको
  • अन्तराष्ट्रिय क्रिकेटमा भुर्तेलको नयाँ कीर्तिमान

    काठमाडौं / चर्चित भारतीय क्रिकेटर के एल राहुलको नाममा रहेको अन्तराष्ट्रिय कीर्तिमान तोड्दै नेपाली क्रिकेटर कुशल भुर्तेलले आफ्नो नाम लेखाउन सफल भएका छन् ।काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यु गिनी विरुद्धको खेलबाट भुर्तेल टी – २० क्रिकेटमा रहेको भारतीय क्रिकेटरको रेकर्ड तोड्दै  नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् ।विश्व क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्दै भुर्तेलले नयाँ कीर्तिमान बनाएका हुन् । भारतीय क्रिकेटर राहुलले १३ औं खेलमा ५०० रन पूरा गरी आफ्नो नाममा रेकर्ड राख्न सफल भएका थिए । भुर्तेलले राहुलको भन्दा एक म्याच कम खेल्ने क्रममा नै सो रेकर्ड तोडेका हुन् ।आफ्नो नाममा

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 191 पटक पढिएको
  • गोर्खा ब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश

    झापा //झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लब रुपन्देही सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई 'टाइब्रेकर'मा ४–३ ले हराउँदै गोर्खा ब्वाइज सेमिफाइनलमा पुगेको हो।  १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे । दार्जिलिङ पुलिसका आशिष देवान र नेवास राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो । टाइब्रेकरमा दार्जिलिङका भाइचाङ राई, दिवस तामाङ र निशाकर राईको प्रहार गोलमा परिणत भएको थियो ।खेलमा सुरुवाती अग्रता गोर्खा ब्व

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 214 पटक पढिएको
  • आइपिएल आजबाट सुरु, पहिलो खेलमा चेन्नई र कोलकत्ता भिड्दै

    काठमाडौँ / इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ। आईपीएल अन्तर्गत पहिलो दिन आज (शनिबार एक खेल ह । वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन चेन्नई सुपर किङस र कोलकत्ता नाइटर्सबीच प्रतिस्पर्धा हुनेछ । ले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ।यस पटकको आईपीएलमा १० यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 263 पटक पढिएको
  • नेपालले दियो पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य

    काठमाडौं / दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । देव खनालले ७२, रोहित पौडेलले ३५, भिम सार्कीले २६, कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए । सोमपाल कामी ३ रनमा अविजित रहे ।पपुवा न्यूगिनीका अलेइ नाओले ३, नर्मन भानुवाले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १र१ विकेट लिए । पपुवा न्यू

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 239 पटक पढिएको
  • विश्वकप छनौट : भनेजुयलामाथि अर्जेन्टिनाको सहज जित

    काठमाडौँ  / दक्षिण अमेरिकी विश्वकप २०२२ को छनौट अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गरेको छ । शनिबार बिहान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो । खेलको ३४औं मिनेटमा रोड्रिगो डी पउलको पासलाई निकोलस गोन्जालेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। ७९औं मिनेटमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्जल डी मारियाले गोलरक्षक अघि बढेको मौकामा सानदार चिप गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए।खेलमा तेस्रो गोल कप्तान लियोनेल मेसीको नाममा रह्

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 177 पटक पढिएको
  • मनाङमस्र्याङ्दी क्बल दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

     बिर्तामोड / मनाङमस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहने दिएन । खेलको २७ औँ म

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 330 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.