खेलकुद

    Showing 1,311-1,320 of 1,639 items.
  • पाँचौँ झापा गोल्डकपः टाइब्रेकरमा जावलाखेल स्तब्ध

    बिर्तामोड / सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए ।बिर

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 159 पटक पढिएको
  • न्युरो हस्पिटलले दियो खेलाडीलाई पोसाक

    बिर्तामोड / विराटनगरस्थित न्युरो हस्पिटलले क्रिकेट महिला खेलाडीहरूलाई पोसाक वितरण गरेको छ । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्युरोले १४ जना महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाले पोसाक वितरण गरेका हुन । खेलप्रति अभिरुचि बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोसाक वितरण गरिएको न्युरो अस्पतालले जनाएको छ ।हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अस्पतालको सेवामा पनि छुट दिएको छ । अस्पतालको स्त्री तथा प्रसूति रोग परामर्श सेवा फागुन १७ देखि चैत १७ सम्म एक महिना निःशुल

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 180 पटक पढिएको
  • १० औँ धरान रन नेवा च्यारिटीमा जुम्लाका बूढा र एपीएफकी खेलाडी भण्डारी विजयी

    बिर्तामोड / शनिवार धरानमा आयोजना भएको १० औँ धरान रन नेवा च्यारिटीमा १० किमीको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बूढा र महिलातर्फ एपिएफका खेलाडी पुष्पा भण्डारी विजयी भएका छन् ।जुम्लाका दुर्गाबहादुर बुढाले १० किमीको दूरी ३१ मिनेट ३ सेकेन्डमा दौड पुरा गरी विजयी भए भने सोही समूहमा जुम्लाकै अनिष थापाले ३१ मिनेट ४ सेकेन्डमा दूरी पार गरी दोस्रो भएकी थिइन् । दौडमा प्रथम र द्वितीय हुने दुवै जना भारतीय सेनामा कार्यरत रहेका छन् । त्यसैगरी सोही समूहमा काठमाण्डौका मुकेश पालले ३१ मिनेट २० सेकेन्डमा १० किमि दूरी पार गरी तेस्रो भएका छन् । उनीहरूले प्रथम , दोस्रो र तेस्रो हुनेले क्रमशः ६

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 168 पटक पढिएको
  • इन्टर मिलानको फराकिलो जित

    काठमाडौं / इटालियन सिरी”ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानामाथि ५–० को फराकिलो जित निकालेको हो ।इन्टरका लागि लाउटरो मार्टिनेजले ह्याट्रिक तथा इडेन जेकोले दुई गोल गरे । खेलको २२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।५६ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दै इन्टरलाई ३–० ले अघि बढाए । ६४ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई ४–० ले अघि बढाए । त्यसपछि ६९ औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५–० को फराक

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 173 पटक पढिएको
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदै

    बिर्तामोड / नेपाली राष्ट्रिय क्रिकेट टोली आज शनिबार श्रीलंका जाँदैछ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएईं) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका जान लागेको हो ।नेपाली टोली शनिबार बिहान श्रीलंका जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन् ।नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । यस्तै, टोलीका अन्य सदस्यमा क्रमशः ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 217 पटक पढिएको
  • आत्मघाती गोलमा युभेन्ट्सको जित

    काठमाडौं / लोरेन्जो भेनुटीको आत्मघाती गोलमा युभेन्ट्सले कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनालाई १–० ले हराएको छ ।बुधबार राति भएको खेलमा फियोरेन्टिनाका भेनुटीले खेलको इन्जुरी समयमा आत्मघाती गोल गरे र यो नै निर्णायक गोल रह्यो । जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 163 पटक पढिएको
  • २३ औँ बुढासुब्वा गोल्डकप चैत्र २६ बाट  विजेताले नगद ट्रफीसँगै नगद १० लाख पाउने

    बिर्तामोड / धरानमा २३ औँ  बुढासुब्वा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत २६ गते देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । धरान -१६ स्थित रङ्गशालामा हुने हुने सो प्रतियोगितामा आयोजक सहित ८ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता यो वर्ष भव्यताका साथ सम्पन्न गर्ने आयोजकले बताएको छ।  प्रतियोगिताको विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 273 पटक पढिएको
  • आजबाट एन्फाको आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग शुरु

    काठमाडौं / अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु हुँदैछ ।लिगको सबै खेल एन्फा मुख्यालय सातदोबाटोको कृत्रिम मैदानमा हुने छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा पहिलो दिन आज बुधबार तीन वटा खेल हुँदैछन् ।पहिलो खेल बिहान ९ः३० बजे झम्सिखेल युथ क्लब र श्री भगवती युथ क्लबबीच भयो । मध्यान्ह १२ः४५ मा बाँसबारी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।त्यस्तै अपराह्न ४ बजे वीरगञ्ज युनाइटेड र ब्वाइज युनियन क्लब आमने – सामने हुनेछन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 273 पटक पढिएको
  • ब्राजिलका फुटबलर पेलेको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं  / ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् ।पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए । पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 184 पटक पढिएको
  • टी–ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार

    काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान रहेको थियो ।नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो । टी–ट्वान्टीको वरीयतामा भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् । न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौ स्थानमा छन् ।एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 195 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.