खेलकुद

    Showing 1,321-1,330 of 1,639 items.
  • प्रधानसेनापति शर्माद्वारा खुला म्याराथन शुभारम्भ

    काठमाडौं / प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उनले उद्घाटन गरेका हुन् ।सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिता बिहान ७ः१५ बजेदेखि पाँच मिनेट अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन सुरु भएको हो । सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ ।प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी पुरुष म्याराथन, २१ किमी महिला–पुरुष हाफ म्याराथ

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 155 पटक पढिएको
  • ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम दिन आज तीन खेल हुँदै

    काठमाडौं /सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजबाट सकिँदै छ । प्रतियोगिताको अन्तिम दिन आज तीन खेल हुनेछन् । लिगको अन्तिम दिन दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक गरी तीन खेल हुनेछन् ।मछिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेल च्याम्पियन मछिन्द्र र एपीएफ क्लबबीच

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 262 पटक पढिएको
  • नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

    काठमाडौं /नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्कदै छ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कन लागेको हो ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली साँझ साढे ५ बजे स्वदेश आईपुग्ने छ । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । छनोटको उपाधि भने युएईले जितेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 165 पटक पढिएको
  • टी-२० विश्वकप छनोटमा नेपाल तेस्रो

    काठमाडौं / आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको छ । ओमानले दिएको ८८ रनको लक्ष्य १६ ओभर २ बलमा पूरा गर्दै नेपाल तेस्रो भएको हो । नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । भुर्तेलले ५३ बलमा अविजित ५५ रन बनाउँदा आरिफ शेखले २७ बलमा अविजित २१ रन जोडे । आशिफ शेख १८ बलमा १३ रन बनाएर जीशन मक्सूदको बलमा मोहम्मद नदीमबाट क्याचआउट भए ।त्यसअघि ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन बनायो । उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्ला

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 219 पटक पढिएको
  • ८ वर्षपछि पुनः टी–२० विश्वकपमा पुग्न लागेको नेपाल बाहिरियो

     काठमाडौं // ८ वर्षपछि पुनः  टी–२० विश्वकपमा पुग्ने निर्णायक खेलबाट नेपाल बाहिरिएको छ।युएईसँग ६८ रनले पराजित भएपछी नेपाल विश्वकप छनोटको नजिक पुगेर पनि पुनः विश्वकप खेल्नबाट वञ्चित भएको हो। ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन  सकेको थियो।ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगे पनि नेपाल निर्णायक खेलबाट बाहिरिएको छ । नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थि

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 316 पटक पढिएको
  • नेपाललाई यूएईले दियो १७६ रनको लक्ष्य

    काठमाडौं / आइसिसी विश्वकप टि-२० विश्वकप छनोट खेलमा नेपालसामु यूएईले १७६ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ जोड्यो ।यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी-२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी-२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी-२० विश्वकप पुग्ने प्रयासमा छन् ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 178 पटक पढिएको
  • आईसीसी टिट्वान्टी विश्वकप : आज नेपाल र क्यानडा भिड्दै

    काठमाडौं / आईसीसी  टिट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको तेस्रो खेलमा नेपालले आज  क्यानडासँग खेल्दै छ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल इमारात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडा बीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।क्यानाडामाथि जित हात पारे नेपाल

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 319 पटक पढिएको
  • फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य

    काठमाडौं / नेपालले टि २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाउँदै शतकीय पारी खेले। उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे।यस्तै, उनीसँग नेपालकै ठूलो टि–२० साझेदारी खेलेका दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 344 पटक पढिएको
  • नेपालले आज फिलिपिन्ससँग खेल्दै

    काठमाडौं / आईसीसी टी २० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ ।ओमानको मस्कटस्थित अल अमेरात रङ्गशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो ।फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ । नेपाल र क्यानाडाले आआफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेका अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ ।ग्लोबल क्वालिफायर ए मा

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 168 पटक पढिएको
  • ओमानमाथि नेपालको शानदार जित

    काठमाडौँ / नेपालले आईसीसी पुरुष टी –२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो । उसका लागि  नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।नेपालका लागि कमलसिंह ऐरीले ३, कप्तान सन्दीप लामिछान र दीपेन्द्रसिंह ऐरीले २ र २ तथा जितेन्द्र मुखिया र अभिनाश बोहराले १ र १ विकेट ल

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 365 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.