खेलकुद

    Showing 1,331-1,340 of 1,510 items.
  • साफ च्याम्पियनसिपको फाइनलपछि मुख्य प्रशिक्षक अलमुताइरी नेपाली टोलीमा नरहने

    काठमाडौँ / राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीमा साफ च्याम्पियनसिप २०२१ को फाइनल नबस्ने बताएका छन् ।बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले नबस्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । सााफमा नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागु हुने र आफूले टोली छोड्ने बताएका हुन् ।बुधबार अल्मुताइरीले उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताए । उनले साफको इतिहासमा नेपाललाई फाइनल पुर्याएर इतिहास रचेको र फाइनल खेल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् ।

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 130 पटक पढिएको
  • साफ फुटबल :पहिलो पटक नेपाल पुग्यो फाइनलमा

      काठमाडौं// नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा पुगेको छ ।१३ औं साफ च्याम्पियनसिप अन्र्तगत आज भएको बंगलादेश सँगको बराबरी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।पहिलो हाफको सुरुवातमै १-० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको थिएन।यसअघि नेपाल सेमिफाइनल सम्म मात्र पुग्न सकेको थियो। यसपटक भने नेपाल फाइनल पुगेको छ ।  

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 194 पटक पढिएको
  • अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्क छनौट

    एजेन्सी //युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो ।यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् । गएरातिको जितपछि विश्वकप छनौटको युरोपेली समूह एफ मा डेनमार्कले ८ खेलबाट २४ अंक जोडेको छ ।जारी छनौटमा डेनमार्कले अहिलेसम्म सबै ८ खेल जितेको छ । यो समूहमा १७ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ । गएराति भएको अर्को खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 215 पटक पढिएको
  • १३ औं साफ च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । १३ औं साफ च्याम्पियनसिप अन्र्तगत नेपालले लिग चरणको अन्तिम खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलबाट नै यो सिननमा नेपालको बाँकी यात्रा टुंगो लाग्नेछ ।सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ।समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 214 पटक पढिएको
  • फिफा विश्वकपको खेलमा इंग्ल्यान्ड हंगेरीसँग बराबरीमा रोकियो

     काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा इंग्ल्यान्डले हंगेरीसँग १-१ गोलको बराबरी खेल्दै अप्रत्यासित नजिता निकालेको छ।वेम्बली स्टेडियममा हंगेरीका समर्थकको हिंसात्मक गतिबिधिले प्रभावित खेलमा घरेलु टोलि इंग्ल्यान्ड बराबरीमा रोकिएको हो ।खेलमा हंगेरीले २४ औं मिनेटमै सुरुआती अग्रता लिएको थियो । रोनाल्ड सालाईले पेनाल्टीमार्फत गोल गर्दै हंगेरीलाई अग्रता दिएका थिए ।तर, जोन स्टोन्सले ३७ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काए । त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै टुंगियो ।यस बराबरीपछि समूह ‘आई’ को इंग्ल्यान्डले ८ खेलबाट २० अंक जोडेको छ । र, शीर्ष

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 227 पटक पढिएको
  • रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको गोल वर्षा

    एजेन्सी / क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो ।खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्याएका छन् । ३६ वर्षीय खेलाडीले गत महिनामात्र अली देइको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भं

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 189 पटक पढिएको
  • जर्मनी बन्यो विश्वकपको छनोटमा पर्ने पहिलो पहिलो देश

    बिर्तामोड  / जर्मनी सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ। विश्वकपको युरोपियन छनोटअन्तर्गत सोमबार राति नर्थ मेसोडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी विश्वकपमा छनोट छनोट हुने पहिलो टोली बनेको हो । जर्मनीको लागि टिमो वेर्नरले २ गोलसहित काई हाभर्ट्ज र जमाल मुसियालाले समान १–१ गोल गरे। जितसँगै दुई खेलअगावै जर्मनी विश्वकपमा छनोट भएको छ। जर्मनीले आगामी दुई खेल लिचेस्टाइन र अर्मेनियासँग खेल्नेछ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 165 पटक पढिएको
  • आईपीएल : कोलकताले बेंगलोरलाई ४ विकेटले हरायो

    बिर्तामोड / कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाता क्वालिफायरमा प्रवेश गरेको हो ।कोलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटलसँग खेल्नेछ । यस खेलको विजेताले चेन्नाई सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।शारजहाँमा भएको खेलमा बेङ्लोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताको जितमा सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे ।बेंगलोरलाई १३८ रनमा रोक्न ४ विकेट लिएका सुनिलले ब्याटिङमा २६ रन बनाए । कोलकता

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 180 पटक पढिएको
  • आइसिसीको ‘प्लेयर अफ द मन्थ’ सन्दीपले जिते

    बिर्तामोड / नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् ।काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । ओमानमा भएको आईसीसी विश्वकप लिग –२ र पपुवा न्युगिनीसँग दुई ओडीआई खेलमा उत्

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 252 पटक पढिएको
  • साफ च्याम्पियनसिप फुटबल आज नेपाल र भारतबीच हुने

     काठमाण्डाै // साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत बीच खेल हुँदै छ ।  यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ ।नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा खेल सुरु हुने बताइएको छ । भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने बताएका छन् । उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 194 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.