खेलकुद

    Showing १३१-१४० of १,६४७ items.
  • मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा

    काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने कीर्तिमान बनाएका छन्। उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले करिब दुई दशकको अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरेका छन् र अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन् ।अन्तर्राष्ट्रिय खेलको संख्यामा क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन् ।

    • प्रकाशित मितिः असार १०, २०८३
    • ३०२ पटक पढिएको
  • इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

    काठमाडौँ। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए । विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

    • प्रकाशित मितिः असार १०, २०८३
    • ४३२ पटक पढिएको
  • रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    काठमाडौँ। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्त

    • प्रकाशित मितिः असार १०, २०८३
    • २९३ पटक पढिएको
  • विश्वकपमा मेस्सीको कीर्तिमान जारी

    काठमाडौं । जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राखेका छन् । मेस्सीको अनुभव, शान्त फिनिसिङ क्षमता र निर्णायक क्षणमा खेल बदल्ने शैलीले अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ । अस्ट्रियाविरुद्धको २–०

    • प्रकाशित मितिः असार ९, २०८३
    • ३११ पटक पढिएको
  • अल्जेरियाका नाधीरले गोल फर्काएपछि खेल बराबरी

    काठमाडौं । फिफा विश्वकप २०२६ मा अल्जेरियाले नवप्रवेशी जोर्डनविरुद्ध बराबरी गोल फर्काएको छ । अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ६९औं मिनेटमा नाधीर बेनबोउलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए । रियाद महरेजले गरेको क्रसलाई नाधीरले हेडरमार्फत गोल गरे ।यसअघि ३६औं मिनेटमा निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • २५२ पटक पढिएको
  • फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नर्वेले सेनेगललाई हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको हो । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे । यता सेनेगलका लागि भने इस्माइला सारले दुई गोल गरे । खेलको ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए । त्यस्तै नर्वेका अर्का खेलाडी एर्लिङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ५३ औ

    • प्रकाशित मितिः असार ९, २०८३
    • ३१७ पटक पढिएको
  • विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    काठमाडौँ। कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा  अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले आजको खेलसँगै व

    • प्रकाशित मितिः असार ९, २०८३
    • ३९५ पटक पढिएको
  • डालासमा मेसीको परीक्षा, आज फेरि इतिहास रच्ने तयारीमा

    काठमाडौं । विश्व फुटबलका नायक मानिने लियोनल मेसी फेरि एकपटक इतिहासको ढोकामा उभिएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत आज अस्ट्रियाविरुद्ध मैदान उत्रँदा मेसीको लक्ष्य केवल अर्जेन्टिनालाई जित दिलाउने मात्र होइन, विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने पनि हुनेछ।पहिलो खेलमै ह्याट्रिक गर्दै विश्वकपमा १६ गोल पुर्‍याएका मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरिसकेका छन्। अब अस्ट्रियाविरुद्ध एक गोल थप्नासाथ मेसी विश्वकप इतिहासका एकल सर्वाधिक गोलकर्ता बन्नेछन्।सन् २००६ देखि २०२६ सम्म फैलिएको विश्वकप यात्रामा मेसीले अर्जेन्टिनाका लागि लगातार कीर्तिमान रच्दै आएका छन्। उनी विश्वकपमा सर्वाधिक ख

    • प्रकाशित मितिः असार ८, २०८३
    • १५८ पटक पढिएको
  • मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग

    काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ ।यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सी सँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा गोल गर्दै यामालले विश्वकपमा आफ्नो गोल खाता खोलेका थिए । विशेष कुरा के भने, उनले यो उपलब्धि हासिल गर्दा उनको उमेर १८ वर्ष ११ महिना थियो । ठीक यही उमेरमा मेस्सीले पनि सन् २००६ को विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । यति मात्र होइन, दुवै खेलाडीले विश्वकपमा पहिलो गोल गर्दा १९ नम्बरको जर्सी लगाएका थिए र दायाँ

    • प्रकाशित मितिः असार ८, २०८३
    • २९१ पटक पढिएको
  • विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए । खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिल

    • प्रकाशित मितिः असार ८, २०८३
    • ६६५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.